श्रावण १८, २०८३ सोमबार August 3, 2026

गायक प्रमोद खरेलले ल्याए ‘जसको दिलमा’ (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लोकप्रिय गायक प्रमोद खरेलले ‘जसको दिलमा’  बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।  सुनिल बिसीको शब्द सृजना तथा संगीतमा तयार सार्वजनिक गीतमा साँचो माया गर्दा पनि सफल हुन नसकेको एक जोडीको विरहको प्रेम गाथालाई देखाइएको छ । माया, प्रेम, रोमान्स र विरहले भरिएको जसको दिलमा त्रिकोणत्मक प्रेम कथामा आधारित छ ।

जसमा दिनेश कठायत काजी, मनिषा गिरी र प्रकाश खड्काको अभिनय देख्न सकिन्छ । निर्देशक बिक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर रहेको छ भने प्रकाश खड्काको छायांकन रहेको छ ।

सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटुन्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो । भिडियो गायक पुरीकै अफिसियल च्यानल म्युजिक जक्सनबाट बजारमा आएको हो ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया