मंसिर २२, २०८० शुक्रबार December 8, 2023

‘केसीको प्रतिभालाई राज्यले सहयोग गर्नुपर्छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लगातार मन्तव्य राखेर विश्व रेकर्ड कायम गर्न लागि पर्नुभएका नुवाकोट लिखुमा अनन्तराम केसीको पक्षमा यतिखेर राम्रो माहोल बन्दै गएको छ ।

उहाको प्रतिभालाई सम्मान गर्नु पर्ने भन्दै विभिन्न व्यक्तित्वहरुले प्रतिवद्धता जनाएका छन् । केसीले विश्वको सबैभन्दा लामो वक्तव्य राख्न आयोजित ‘सहयोग तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा

मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपाललाई विश्वमा चिनाउने प्रतिभालाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

रेग्मीले नेपालको नाम विश्वमा चिनाउने प्रतिभालाई राज्यस्तरबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री डाप्रकाशशरण महतले निरन्तर योग साधनामार्फत नयाँ कामको थालनी गरेर नेपाललाई विश्वसामु चिनाउन लागेको भन्दै शुभकामना दिनुभयो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले नेपाललाई विश्वमा चिनाउने अभियान भएकलो यसलाई सबैले साथ दिनुपर्ने बताउनुभयो ।

नुवाकोट क्षेत्र नं २ का सांसद नारायण खतिवडाले केसीको अभियानले नुवाकोट मात्र नभएर सिंगो मुलुकको नाम रहने भन्दै केसीलाई सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्नुपर्नेमा जोड

दिनुभयो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र– १ का सांसद हितबहादुर तामाङले केसीको क्षमता र प्रतिभालाई विश्वमाझ चिनाउने सुनौलो अवसर भएको बताउनुभयो ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले अभियान सफलबनाउनका लागि आफ्नो गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार