श्रावण १८, २०८३ सोमबार August 3, 2026

गायिका मेलिना राइको आवाजमा ‘ए हजुर’ सार्वजनिक (भिडियो)

गीतकार सन्देश लामाको शब्द रचना रहेको‘ ए हजुर’ मा आकृति लम्साल र सागर ढकालको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायिका मेलिना राइको आवाजमा गीतकार सन्देश लामाको शब्द रचना रहेको‘ ए हजुर’ बजारमा आएको छ । रोनिस एण्ड ड्याड युटुब च्यनलबाट उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो ।

सत्य नारायण लामाको संगीत रहेको उक्त गीतलाई निरोज लामाले संगीत संयोजन गरेका हुन । गोविन्द सोनिले ध्वनी सम्पादन गरेको उक्त गीतलाई ए लेभल स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको म्युजिक भिडियोलाई शिशिर अर्यालले निर्देशन र कलर, उत्सव पौडेलले सहायक निर्देशन, समर्पण रेग्मीले छायांकन, मिलन थापाले सहायक छायांकन, अर्जुन खडकाले सम्पादन गरेका हुन भने भिडियोमा आकृति लम्साल र सागर ढकालको अभिनय रहेको छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया