श्रावण १८, २०८३ सोमबार August 3, 2026

एनटीआर ३१ मा आमिर भिलेन

कैयौं बलिउड स्टारहरू साउथ फिल्ममा काम गर्न चाहेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बलिउडको दायरा पेन इण्डियासम्म पुगिसकेको छ । यहीकारण कैयौं बलिउड स्टारले आफूहरू साउथ फिल्ममा काम गर्न चाहेको बताइसकेका छन् । तर अब आमिर खान भने यी सबै कुरा भन्दा एक कदम अगाडि आएका छन् ।

आमिरले ‘केजीएफ १’ र ‘केजीएफ २’ जस्ता फिल्मका निर्देशक प्रशान्त नीलको नयाँ फिल्म ‘एनटीआर ३१’मा अभिनयका लागि हस्ताक्षर गरेका छन् । फिल्ममा जूनियर एनटीआर प्रमुख भूमिकामा हुनेछन् ।

NTR 31 poster carries KGF 2, Salaar vibe - TeluguBulletin.com

फिल्ममा भिलेन चरित्रका लागि आमिरलाई प्रस्ताव गरिएको छ । निर्देशक प्रशान्तले आमिरलाई स्क्रिप्ट सुनाएपछि आमिरले फिल्ममा काम गर्न सहमति जनाइसकेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार लामो समयदेखि जूनियर एनटीआर र आमिरलाई दर्शकले एकसाथ पर्दामा हेर्न चाहेका थिए । जुन चाहना अहिले आएर पुरा गरेको छ ।

आमिरले यसअघि एनटीआर अभिनित फिल्म ‘आरआरआर’को प्रमोसनमा पनि सहभागिता जनाएका थिए । आमिर र एनटीआरले फिल्मको गीत ‘नाटू नाटू’ नाँचेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया