भाद्र २, २०८३ मंगलबार August 18, 2026

जनैपुर्णिमा मनाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । हिन्दु नेपालहिरुले मनाउने गरेको पवित्र धार्मिक पर्व जर्नपुर्णिमा अर्थात रक्षाबन्धन पर्व आज मनाइएको छ ।

श्रावण शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ र पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधेर जनैपुर्णिमा मनाइएको छ ।

आज बिहानैदेखि पशुपतिसहित विभिन्न मठमन्दिरमा जनैपुर्णका अवसरमा जर्न लगाउन तथा डोरो बाध्नेहरुको भीड लागेको थियो ।

धार्मिक मान्यता अनुसार “सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ” भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा अहिलेसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरुपुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः, तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र,क्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले युगखबरलाई जानकारी दिनुभयो ।

जनैपुर्णिमा अवसरमा मिभिन्न सातथरिका गेडागुडी मिसाएर क्वाटी खाने चलन पनि रहेको छ । यसरी क्वाटी खानाले बर्खायाममा लागेको चिसो हट्ने विश्वास समेत गरिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार