जेठ ७, २०८२ बुधबार May 21, 2025

सिर्जना ज्ञानसागरले गर्यो स्वागत तथा विधाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सिर्जना ज्ञानसागर स्कुलले विद्यार्थी बिधाई तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ ।

राजधानीको तारकेश्वरस्थित गोलढुंगा–४ मा रहेको सो विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गर्दे पुराना विद्यार्थीको विधाई तथा नयाँको स्वागत गरेहो हो ।

कार्यक्रममा एसईई परिक्षामा सफल विद्यार्थीहरुको विधाई तथा कक्षा ११ मा अध्ययनरत विद्यार्थीको स्वागत गरिएको थियो ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ दाहाललको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री विष्टले मुलुकमा गुणस्तरीय शिक्षाका लागि निजी विद्यालयको महत्वपुर्ण भुमिका रहेको भन्दैसरकराले निजी विद्यालयलाई व्यवस्थित रुपमा अघि बढ्न सहयोग गर्ने बताउनुभयो ।

उहाले सिर्जना ज्ञानसागर स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरुलाई भोलिका दिनमा सहिबाटोमा अघि बढ्न प्रेरणा प्रदान गर्दै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको भन्दै विद्यालयको प्रशंसा गर्नुभएको थियो ।

तारकेश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेलले विद्यालयले अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै जानुपर्नेमा जोड दिँदै तारकेश्वर नगरपालिकामा सिर्जनाज्ञानसागर स्कुल एउटा नमुनाको रुपमा रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्राचार्य राजेन्द्र फुयाँलले विद्यालयका गतिविधिकासाथै आगामी दिनमा विद्यालयले आफ्ना कमीकमजोरीलाइ सच्याउँदै अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विभिन्न सांस्कृति कार्यक्रममकासाथ सम्पन्न भएको कार्यक्रममा विद्यालयको विभिन्न विधामाउत्कृष्ट हुने छात्र तथा छात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

तारकेश्वरस्थितसानोपुल नजिक रहेको विद्यालयमा राजधानीका मध्यमवर्गका झण्डै सात सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

यस वर्षबाट प्लस टु समेत सञ्चालन गरिएको विद्यालयमा विद्यार्थीहरुका लागि सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयका प्राचार्य फुँयालले प्रतिवद्धता समेत जनाउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ’
२०८२ जेठ ७, बुधबार
शिक्षा समिति बैठक : विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल
२०८२ जेठ ७, बुधबार
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
२०८२ जेठ ७, बुधबार
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार