असार २२, २०८२ आइतबार July 6, 2025

सरकार दुई तिहाई जस्तो भएन – सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजधानीको जैशीदेवलमा रहेको जैशीदेवल युथ क्लबले आफ्नो रजत जयन्ती मनाएको छ ।

विगत २५ वर्षअघि स्थापना भएको क्लबले अनेक आरोह अवरोह पार गर्दै २५ वर्षन्त पुरा गरेको भन्दै एक विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

शनिबार जैशीदेव चोकमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले क्लबले विगतदेखि सामाजिक रुपमा आफुलाई स्थापित गरेको भन्दै संस्थाकोसफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उपत्यका सडक सुधार र वातावरण संरक्षणका कार्यमा आलोचना र राजनीतिक मात्र नगरी सहयोगी बन्न युवापुस्तालाई सल्लाह दिँदै नेतासिंहले समाजसेवाका माध्यमबाट जैशीदेवल युथ क्लबले जनताको मन जित्न सफल भएको भन्दै क्लबको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा पुर्व उपप्रधानमन्त्री समेत रहनु भएकानेता सिंहले वर्तमान सरकारले दुई तिहाइ बहुमतको अनुभूति दिलाउने गरी जनहितमा काम गर्न नसकेको आरोप समेत लगाउनुभयो ।

उहाँले ऐन तथा कानून निर्माणजस्ता काम छिटो सकेर जनताको प्रत्यक्ष सरोकार रहने विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाउन सुझाव दिनुभयो ।

काठमाडौं  महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले क्लबहरु

खुल्ने र हराउने क्रम बढिरहेका बेला जैशीदेवल युथ क्लबले सामाजिक सुधारका काममाविशिष्ट योगदान पुयाइरहेको भन्दै क्लबको प्रशंसा गर्नुभयो ।

काठमाडौं महानगरपालिकाउपप्रमुख हरिप्रभा खड्गीले भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा निर्माण गर्ने दायित्वलाई अब महानगरपालिकाले तीव्रता प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

क्लबका अध्यक्ष राजेश प्रजापतिले जनचेतना, समाजकल्याण, सांस्कृतिक सम्पदाको जर्गेना, स्वास्थ्य,सरसफाइ, खेलकुद, रक्तदानजस्ता कार्यमा क्लबले स्थानीयसँग हातेमालो गर्दै अघि बढेको र  आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्लबका महासचिव गोपाल प्रधानले क्लबका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो ।

सोअवसरमा प्रमुख अतिथि नेता सिहले क्लबको नवनिर्मित भवनको उद्घाटनसमेत गर्नुभएको थियो भने कार्यक्रममा क्लबद्वारा प्रकाशित ‘रजतउत्सव स्मारिका’ विमोचन गर्नुभएको थियो ।

समारोहमा क्लबको भवन निर्माणमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार