वैशाख ८, २०८१ शनिबार April 20, 2024

गायक एंव संगीतकार राजकुमार दोङ ‘आयो है ल्होछार’ गीत सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : गायक एंव संगीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ल्होछार गीत ‘आयो है ल्होछार’ बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङ तामाङले निर्माण गरेको भिडियोमा अजय स्याङ्तान, रोहनी लामा, रस्मिला तामाङ, बुद्धी तामाङको अभिनय रहेको छ ।

गायक एंव संगीतकार राजकुमार दोङ तामाङको शब्द र संगीतमा तयार भएको उक्त गीतलाई जोगलाल लामाले संगीत संयोजन, अर्पण थिङले मिक्सिङ गरेका हुन् । रोनिश लामाले ड्रोन छायांकन गरेको उक्त गीतको म्युजिक भिडियोलाई बिनोद लामाले छायांकन राजेन्द्र मोक्तानले कलर र अजय स्याङ्तानले निर्देशन र कोरियोग्राफी गरेका हुन् ।

डोल्मो घिसिङ तामाङको अफिसियल युटुब च्यानलबाट उक्त गीत बजारमा ल्याएका हुन्।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया