वैशाख १३, २०८१ बिहिबार April 25, 2024

सुदनको ‘चाहिदैन भो पैसाको थुप्रो नी”मा सरोज र बिना फिचर्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अमेरिका बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक सुदन गैरेले आफ्नो बिल्कुलै नयाँ कोसेली “चाहिदैन भो पैसाको थुप्रो नी” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

पैसा कमाउनकै लागि विदेशिनु पर्दैन , विदेशजाने खर्चले नेपालमै केहि  गर्न सकिन्छ भन्ने भन्ने भाव गीतले व्यक्त गरेको छ।

यस गीतमा शब्द गणेश शाहीको रहेको छ भने संगीत स्वयम गायक गैरेको रहेको छ।  गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

भिडियोमा दुई युवा दम्पतिको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ।  भिडियोमा बिना राउत र सरोज प्रजा फिचर्ड छन्।

फराज अर्पणले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो।

भिडियो ‘राइट ट्युन इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया