असोज ९, २०८३ शुक्रबार September 25, 2026

व्यवसायी सुलभ अग्रवालमाथिको अनुसन्धानका लागि तेस्रोपटक म्याद थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यवसायी सुलभ अग्रवालमाथिको अनुसन्धानका लागि तेस्रोपटक म्याद थप गरेको छ । अग्रवालले धेरै विषय लुकाएको र उनीसँगको कनेक्सनमा रहेका अन्य गिरोहको समेत खोजी गर्नुपर्ने भएकाले अनुसन्धान अझै गहिराइमा गएर गर्नुपर्ने निष्कर्ष प्रहरीले निकालेको छ । सोही निष्कर्षबमोजिम प्रहरीले अग्रवालमाथि १० दिनको म्याद थप गर्न प्रशासनसँग समय मागेको हो ।

प्रहरीको मागबमोजिम काठमाडौं प्रशासनले अग्रवालमाथिको अनुसन्धान जारी राख्न आइतबार १० दिनको म्याद थप गरेको हो । सुरुमा ५ दिन र त्यसपछि ७ दिन म्याद थप गर्दा पनि अनुसन्धान पूरा नभएपछि प्रहरीले आइतबार पुनः म्याद थपका लागि अग्रवाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौं पुर्याएको थियो ।

अनुसन्धानका क्रममा अग्रवालले प्रहरीसमक्ष स्पष्ट बयान नदिएपछि प्रहरीले उनीसँगको अन्य व्यक्तिको संलग्नता समेत खोजी गरिरहेको छ । यसैगरी, उनले के कति परिमाणमा सामान ल्याएका थिए र ती सामान के के थिए भन्नेतर्फ समेत प्रहरीले व्यापक अनुसन्धान गरिरहेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले अग्रवालसँगको अनुसन्धानका क्रममा स्पष्ट बयान नआएकाले प्रहरीले अन्य थप संलग्नतासमेत खोजी गरिरहेको बताए ।

थर्मल गनमा कालोबजारी गरेको आरोप लागेका अग्रवालमाथि अनुसन्धान गर्न आइतबार १० दिन म्याद थप गर्ने निर्णय गरिएको छ । प्रहरी स्रोतका अनुसार यस प्रकरणलाई गहन रूपमा अघि बढाइने र अग्रवालका कालोबजारी गर्ने जालो खोज्ने योजनाका साथ यो मुद्दालाई गम्भीरतासाथ अघि बढाइने भएको छ ।

गत २५ चैतमा १५ हजार रुपैयाँ प्रतिथान मूल्यमा थर्मल गन बिक्री गर्न लागेको अवस्थामा प्रहरीले ६७ थान थर्मल गनसहित अग्रवाललाई नक्सालबाट पक्राउ गरेको थियो ।

त्यसयता उनीमाथिको मुद्दा कमजोर बनाएर उनलाई छुटाउन व्यवसायीहरूले प्रहरीमाथि चर्को दबाब दिँदै आइरहेका छन् । उनीहरूले मुद्दा कमजोर बनाउन प्रहरीमाथि शक्तिकेन्द्रको दबाब लगाउँदै आइरहेका छन् । प्रहरीले दबाबका बाबजुद अग्रवालमाथिको अनुसन्धानका लागि १० दिनको म्याद थपेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीद्वारा पक्राउ परेका अग्रवालले २० हजार थान थर्मल ल्याएको प्रहरीको दाबी गरेको थियो । तर, उनले भन्सार जाँच पास गराउँदा १ हजार २ सयको मात्रै रकम तिरेका छन् । प्रहरीले अन्य थर्मल गन कहाँ छ भन्ने समेत यस बीचमा पत्ता लगाउन सकेको छैन ।

सुवास अग्रवालका नाममा अवैध कारोबार गर्दै आएका उनलाई पक्राउ गर्न प्रहरीले आफैं व्यापारी बनेर मोलमोलाई गरेको थियो । व्यापारी अग्रवालमाथिको मुद्दा कमजोर बनाउन उद्योग सम्बद्ध व्यापारी, उद्योग वाणिज्य महासंघ र सीएनआईका उच्च पदाधिकारीहरू नै लाग्दै आएका छन् ।

अग्रवालले भन्सार कार्यालयमा बीजक बुझाएअनुसार चीनमा २० डलर तिरेर थर्मल गन खरिद गरेको उल्लेख छ । हाल उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् ।

उनीमाथि कालोबजार तथा केही सामाजिक अपराध तथा सजाँय ऐन, २०३२ अन्तर्गतको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अग्रवालले २१ चैतमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा थर्मल गन ल्याएका थिए । तर, के कति संख्यामा ल्याएका थिए भन्ने पुष्टि भइसकेको छैन । राजधानी दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार
पहिरो र जलसतह बढेपछि कालीगण्डकी करिडोर अवरुद्ध
२०८३ असोज ९, शुक्रबार