श्रावण १२, २०८१ शनिबार July 27, 2024

प्रियंकाले किन रोजिन् सरोगेसी ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका अमेरिकी गायक तथा अभिनेता पति निक जोनस बलिउडदेखि हलिउडसम्म रुचाइएका जोडी हुन् । यो जोडीले सन् २०२२ मा सरोगेसीको सहयोगले छोरी मालती मेरीलाई स्वागत गरिसकेका छन् । अहिले आएर प्रियंकाले सरोगेसीलाई नै छनोट गरिन् भन्ने कुराको खुलासा गरेकी छन् ।

प्रियंकाले सरोगेसी छान्नुपर्ने विषयमा धेरै विस्तृत त बताएकी छैनन् । तर उनले यो सबै ‘मेडिकल’कारणले गर्नुपरेको दाबी गरेकी छन् । ‘मलाई मेडिकल कम्प्लकेसन भएको थियो । त्यसकारण हामीलाई यो अत्यावश्यक कदम थियो । म यो कुराबाट खुशी छु कि म त्यो स्थानमा थिएँ, जहाँ मैले यो गर्न सकें । हाम्रो सरोगेट यती दयालु, ठूली र रमाइलो थिइन् । उनले हाम्रो यो विशेष उपहारलाई ६ महिनासम्म ध्यान दिइरहिन्’, प्रियंकाले भनेकी छन् ।

Priyanka Chopra And Nick Jonas Celebrated First Diwali With Daughter See  Pics | Priyanka Chopra और Nick Jonas ने बेटी मालती के साथ मनाई पहली दिवाली,  तीनों ने व्हाइट में की ट्विनिंग

छोरी मालतीको जन्मको घोषणा गर्नासाथ प्रियंका ट्रोल बनेकी थिइन् । कैयौं सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि प्रियंकाले सरोगेसीको सहयोगले बच्चा जन्माइन् भन्ने कुरा पत्याउने विषय थिएन । यस्तो अवस्थामा कैयौं कुरा पनि भए र कैयौं सिद्धान्त पनि बाहिर आए । प्रियंका र निक आफ्नो व्यस्त समय तालिकाका कारण गर्भवती हुन नपाएकोसम्म हल्ला फिजियो ।

‘तपाईं मलाई चिन्नुहुन्न । तपाईंलाई थाहा छैन कि म कुन अवस्थामा गुज्रिरहेकी छु । म आफ्नो मेडिकल हिस्ट्री या आफ्नो छोरीको मेडिकल हिस्ट्रीलाई सार्वजनिक रुपमा बताउन चाहन्नँ । यसको मतलब यो होइन कि तपाई जे पनि मनगढन्ते कथा बनाउनुहोस्’, प्रियंका भन्छिन् ।

प्रियंका र निककी छोरी मालती प्री–मेच्युर जन्मिएकी थिइन् । मालती जन्मको समयभन्दा पूरा एक ट्राइमेस्टर पहिला जन्मिएकी थिइन् । यस्तो बेला प्रियंका र निकलाई उनी जीवित हुन्छिन् या हुन्नन् भन्नेसम्म थाहा थिएन । मालतीको जन्मको तीन महिनासम्म प्रियंका र निक क्यालिफोर्नियाको रेडी चिल्ड्रेन अस्पतालको चक्कर लगाए । यो अस्पतालको आइसीयूमा मालती भर्ना भएकी थिइन् । त्यसपछि उनले लसएन्जल्सको सिडर्स–सिनाई अस्पतालमा राखिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार