जेठ ७, २०८१ सोमबार May 20, 2024

केएल र अथियाको जोडीलाई करोडौंको उपहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः क्रिकेटर केएल राहुल र अभिनेत्री अथिया शेट्टी गत सोमबार वैवाहिक जीवनमा बाँधिए । जोडीको वैवाहिक फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो जोडीले विवाहमा करोडौं रुपैंयाँको उपहार पाएका छन् । उनीहरुको उपहारको कुल मूल्य यति धेरै छ कि त्यति पैसा कमाउन जोकोहीलाई जुगौं लाग्छ ।

अथिया र केएलले परिवार, साथीभाई र आफन्तबाट बिलासी उपहार पाएका छन् । उनीहरुलाई अभिनेता सलमान खानले १ दशमलब ६४ करोड रुपैंयाँको ओडी कार दिएका छन् । अथियाका अभिनेता पिता सुनील शेट्टीले एक लेविश अपार्टमेन्ट दिएका छन् । जसको मूल्य करिब ५० करोड रुपैंयाँ पर्छ ।

त्यस्तै सुनीलको मिल्ने साथी ज्याकी श्राफले ३० लाख रुपैंयाँको घडी उपहार दिएका छन् । अथियाको नजिकका साथी अर्जुन कपूरले डायमण्ड ब्रासलेट दिएका छन् । जसको मूलय डेढ करोड पर्छ ।

त्यस्तै क्रिकेटर केएललाई अर्का क्रिकेटर विराट कोहलीले २ दशमलब १७ करोड रुपैंयाँको बीएमडब्ल्यू कार दिएका छन् । महेन्द्र सिंह धोनीले केएललाई ८० लाख रुपैंयाँको कावासाकी निन्जा बाइक दिएका छन् । एजेन्सी

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार