वैशाख २४, २०८१ सोमबार May 6, 2024

पिटले हटाए किमको नामका ट्याटु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हलिउड स्टार किम कार्दशियन प्रायः कुनै न कुनै कुराका कारण चर्चामा आइरहन्छिन् । आफ्नो बोल्ड तस्वीरका कारण इन्टरनेटमा छाइरहने किम प्रेमजीवनका कारण पनि चर्चामा आउँछिन् ।

कहिले पूर्व पति कान्ये वेस्टका साथ झगडाका कारण त कहिले कमेडियन र अभिनेता पीट डेविडसनसँग आफ्नो सम्बन्धलाई लिएर किमको प्रेमजीवन चर्चामा आइरहन्छन् । यद्यपि कान्येसँग अलग्गिएपछि किमको सम्बन्ध पीटसँग केवल नौ महिनामात्र चलेको थियो ।

तर पीट र किमको सम्बन्ध एकपटक पुनः चर्चामा आएको छ । चर्चामा आउने कारण हो कमेडियनको ट्याटु । पीटले अधुरो प्रेमको सबै निशानलाई हटाएका छन् ।

पीटले किमसँग सम्बन्धमा रहँदा आफ्नो शरीरमा उनको नामका ट्याटु बनाएका थिए । तर अहिले उनले किमसँग नाम जोडिएका सबै ट्याटु हटाएका छन् । किमसँग सम्बन्धमा रहँदा पीटले किम र उनका सन्तानको नामको ट्याटु बनाएका थिए । किमको बच्चाको पहिलो अक्षरलाई पीटले गर्धनमा ट्याटु बनाएका थिए । तर हालै सार्वजनिक पीटको तस्वीरमा त्यो ट्याटु देखिएको छैन । यो जोडी अलग्गिएको पाँच महिनामात्र भएको छ ।

पीटले शरीरमा किम र उनको सन्तानसँग जोडिएको ट्याटु हटाउनुको कारण पीटको चेस सुई वन्डर्ससँगको सम्बन्धलाई कारक मानिएको छ । हालका दिनमा पीट र चेसको सम्बन्धको चर्चा हलिउडमा छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार