वैशाख २२, २०८१ शनिबार May 4, 2024

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ वैशाखमा

फिल्म ‘बिहे पास’ को फिर्ष्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वर्षकै प्रतिक्षित फिल्मका रुपमा हेरिएको दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म ‘बिहे पास’ को फिर्ष्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ।

नयाँ बर्ष २०८० को बैशाख १ गते प्रदर्शन हुने फिल्मको श्रीपञ्चमीको अबसर पारेर बिहीबार दर्शकमाझ दुई डिजाइनका पोस्टर ल्याइएको हो। एउटा पोस्टरमा दयाहाङ र प्रकृतिलाई मात्र प्रस्तुत गरिएको छ भने अर्काे पोस्टरमा उनीहरुको साथमा बुद्धि तामाङ,शिसिर वाङ्देल र रबिन्द्र झा देखिन्छन्।

सामाजीक कथानक फिल्मका रुपमा बताइदै आइएको ‘बिहे पास’ प्रबेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन्। पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको फिल्म आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो। फिल्म बितरणमा आफ्नो बचश्र्व कायम राखेको आरआर फिल्मस्ले यसअघि ‘कृष्ण लीला’ निर्माण गरेको थियो।

रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्ममा श्याम राई, बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन्।

शिब ढकालले खिचेको फिल्मका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत,शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ। रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन्  मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन्।

निर्माण पक्षले ‘बिहे पास’ लाई नयाँ बर्ष २०८० को कोसेली स्वरुप दर्शकमाझ पस्कन लागेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार