भाद्र ३, २०८३ बुधबार August 19, 2026

दोलखा जाँदै गरेको बस मन्थलीमा दुर्घटना, २८ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । रामेछापको मन्थलीमा मिनीबस दुर्घटना हुँदा कम्तिमा २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

काठमाडौँबाट दोलखाको जफेका लागि छुटेका बा २ ख ६८१८ नम्बर मिनीबस मन्थली नगरपालिका–६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । केही घाइतेलाई काठमाडौँको ट्रमा सेन्टर रिफर गरिएको छ । केही सामान्य घाइते भने उपचारपछि डिस्चार्ज भएका छन् । बाँकी घाइतेको तामाकोशी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।

गाडीमा बालबालिकासहित करिब ४० जना सवार रहेको बताइएको छ । ब्रेक फेर भएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
२०८३ भाद्र ३, बुधबार
मन्त्रिपरिषद् बैठकबाट ११ वटा प्रमुख निर्णय सार्वजनिक (सूचीसहित)
२०८३ भाद्र ३, बुधबार
प्रतिनिधिसभा बैठकमा सांसदहरुद्वारा बाढीपीडितलाई राहत र खेलक्षेत्रको सुधार गर्न आग्रह
२०८३ भाद्र ३, बुधबार
दलको विधान संशोधन गर्दै रास्वपा
२०८३ भाद्र ३, बुधबार