असार २४, २०८२ मंगलबार July 8, 2025

दोलखा जाँदै गरेको बस मन्थलीमा दुर्घटना, २८ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । रामेछापको मन्थलीमा मिनीबस दुर्घटना हुँदा कम्तिमा २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

काठमाडौँबाट दोलखाको जफेका लागि छुटेका बा २ ख ६८१८ नम्बर मिनीबस मन्थली नगरपालिका–६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । केही घाइतेलाई काठमाडौँको ट्रमा सेन्टर रिफर गरिएको छ । केही सामान्य घाइते भने उपचारपछि डिस्चार्ज भएका छन् । बाँकी घाइतेको तामाकोशी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।

गाडीमा बालबालिकासहित करिब ४० जना सवार रहेको बताइएको छ । ब्रेक फेर भएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार