श्रावण १८, २०८३ सोमबार August 3, 2026

सपन र लक्ष्मीको आइटम गीत ‘आउसँगै झुमी नाचौँ’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गायक सपन श्रेष्ठ र गायिका लक्ष्मी हमालले आइटम डान्सिङ गीत ‘आउसँगै झुमी नाचौँ’ सार्वजनिक गरेका छन् ।

लक्ष्मी हमालको शब्द ,सगीत र राहुल प्रधानको एरेन्ज रहेको गीतको आइतबार काठमाडौमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । पछिलो समयका ब्यस्त मोडेल सुधिर श्रेष्ठ र मल्लिका राजोपाध्यको लिडरोल रहेको गीतको म्युजिक भिडियोलाइ सपन श्रेष्ठ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो  ।

अहिले युवा पुस्तामा वितृष्णा एवं नैराश्यता बढिरहेको यस्तो बेलामा गीत संगीतका माध्यमबाट सकारात्मक ऊर्जा दिने काम गरिनु पर्छ भनेर सँगैसँगै रमाऔँ, आपसी प्रेम तथा सद्भाव बढाऔँ भन्ने मूल भाव बोकेको गीत ल्याएको गायक श्रेष्ठले जानकारी दिनु भयो भने बेरोजगारी लगायत समस्याले गाँजेको नेपाली युवापुस्ता विभिन्न खाले वितृष्णाको सिकार बनिरहेको र मुलुकमा त्यस्तै खाले घटनाक्रम भइरहँदा यो गीतले मरिलानु के छ र ?

रमाइलोसाथ माया, प्रेम र सद्भावले जीवन जीऔँ भन्ने भाव बोकेको गीतको शब्द, संगीत तथा फिमेल गायन गरेकी लक्ष्मीले बताईन् ।

गीतमा रहेको र्याप पार्टको फिचरिंङ प्रिन्स राजले गरेका छन । नयाँ पुस्तालाई नै लक्षित गरेर बनाइएको म्युजिक भिडियो निर्देशन पनि  गायक सपन श्रेष्ठले नै गरेका हुन् ,उनको यो डेव्यू म्युजिक भिडियो निर्देशन हो ।

प्रशान्त तामाङको कोरियोग्राफी र अनिल के मानन्धरको सिनेमाटोग्राफी रहेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ।

भिडियो सहितः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
प्रदेश प्रमुख भट्टद्वारा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार