श्रावण १८, २०८३ सोमबार August 3, 2026

नयाँ बर्षमा लाग्ने ‘बुलाकी’ को टिजर सार्वजनिक (भिडियो सहित)

‘फस्र्टलुक’ सँगै चर्चामा रहेको फिल्ममा नरेन खड्का,सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नयाँ बर्ष ०८० को अबसरमा बैशाख १ गते प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ को टिजर शुक्रबार म्युजीक डटकममार्फत सार्वजनीक गरिएको छ ।

झण्डै दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन,रितिथिति,जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोहअबरोहलाई प्रस्तुत गरिएको छ ।

लक्ष्मण सुनार निर्देशीत फिल्म टोपेन्द्र विष्टले निर्माण गरेका हुन् ।

‘फस्र्टलुक’ सँगै चर्चामा रहेको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा छन् भने उनीहरुको साथमा रमेश बुढाथोकी,लक्ष्मी गिरी,कुलदीप अधिकारी,सुशीलपोखरेल,झलनाथ खत्री,धनवहादर राई,लक्ष्मण देवकोटा,बसन्त उदास,सोनु सेढाइका साथै नयाँ प्रस्तुति स्वरुप प्रकाश कँडेल र सरस्वती खत्रीले अभिनय गरेका छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको फिल्म शिब ढकालले खिचेका हुन् ।

अर्जुन जिसीले सम्पादन गरेको फिल्मको स्क्रिप्ट निर्देशक स्वयम्,अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् ।

डोल्पा,जाजारकोट र रुकुम पश्चिमका बिकट स्थानहरुमा खिचिएको फिल्मको बितरण त्रिनेत्रम् र एफडी गर्दैछ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया