वैशाख १६, २०८१ आइतबार April 28, 2024

बिम्स्टेक शिखर सम्मेलन शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालसहित विभिन्न सात राष्ट्र सदस्य रहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिकसहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

होटल सोल्टीमा कडा सुरक्षाकाबीच सुरु भएको सम्मेलनको प्रधानमन्त्री एवंबिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले एक विशेष समारोहकाबीच सम्मेलन प्रारम्भ भएको घोषणा गर्नुभएको थियो ।

सम्मेलनको औपचारिक उद्घाटनपछि प्रधानमन्त्री ओलीले सम्मेलनउपलब्धि मुलक हुने बताउनुभयो । यतिखेर विश्वको ध्यान यो सम्मेलनतर्फ केन्द्रीत भएकाले यसले उपलब्धिमुलक निर्णहरु गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्षको आसनबाट उद्घाटनमन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बिम्स्टेकको गहन एकीकरणको अपरिहार्यतामा जोड दिँदै शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध बिम्स्टेक क्षेत्र बनाउन सबै सदस्य मुलुकबाटआवश्यक प्रयास हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा नेपालसहित सात वटै सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख सहभागी हुनुभएको छ । शिखर सम्मेलनमा म्यान्माकाराष्ट्रपति विन मिन्त र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आआफ्नो मुलुकको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ ।

यस्तै सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेखहसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङवाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चानेतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भएको छ ।

काठमाडौँ घोषणापत्र जारी गर्दैशुक्रबार अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्नेछ ।

यसअघि सन् २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मामा बिम्स्टेक शिखर सम्मेलन भएको थियो । यसअघि आज नै छवटै मुलुकका विशिष्टपाहुनाहरू राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्तामा सहभागि हुनुभएको थियो ।

उहाँहरूलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोदकेसीलगायतले कार्यालयमा स्वागत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । सोअवसरमा राष्ट्रपति कार्यालयले दिवा भोजको आयोजना गरेको थियो ।

होटल सोल्टीमा कायक्तम सम्पन्न भए लगत्तै साँझ राजधानीकै होटल हायातमा प्रधानमन्त्रीको आयोजना रात्री भोज हुँदै छ । रात्रीभोजका लागि विदेशी पाहुनासहित विशिष्ट अधिकारीहरुलाई पनि निम्तागरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया