श्रावण १८, २०८३ सोमबार August 3, 2026

चलचित्र पत्रकार संघकाे अध्यक्षमा समिर बलामी बिजयी

अध्यक्ष र महासचिव लगायत अधिकांस पदमा एमाले निकट प्रेस चौतारी आबद्ध पत्रकार बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । काठमाण्डौंमा बुधबार सम्पन्न २३ औं साधारण सभावाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन् । निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो ।

उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित बिजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मतमा सिमित भए । यसैगरी, उपाध्यक्ष संगठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई बिजयी भए भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदा प्रदीप कार्कीले ७४ मतमा सिमित भए ।

सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मनिष कार्की र सह कोषाध्यक्षमा मनिष दाहाल आएका छन् । अध्यक्ष र महासचिवलगायत अधिकांस पदमा नेकपा एमाले निकट प्रेस चौतारी आबद्ध पत्रकार बिजयी भएको माधव तिवारीले जानकारी दिए ।

निर्वाचितको सुची हेर्नुहोस्ः

अध्यक्षः समीर बलामी

उपाध्यक्ष कार्यक्रमः कुबेर गिरी

उपाध्यक्ष संगठनः विजय सुवेदी आवाज

उपाध्यक्ष महिलाः सुरक्षा भट्टराई

महासचिवः रघुनाथ सापकाेटा

सचिव खुलाः नवीन गिरी

समावेशी सचिवः उद्धव रसाइली

समावेशी सदस्यः मोहम्मद जलिम

महिला सदस्यः सुष्मा कार्की

सदस्यहरुः

कृष्ण पाण्डे

अनुप भट्टराई

निशा बजगाई

अर्जुन गुरागाई

सिपी जैसी

सुरेन्द्र थापा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया