असोज ९, २०८३ शुक्रबार September 25, 2026

समितिका सभापतिको निर्वाचन स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
  1. काठमाडौं । आज गर्नै भनिएको प्रतिनिधिसभा अन्तर्गतका १० वटा समितिका सभापतिकोनिर्वाचनसम्बन्धी पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।

नर्वाचनको पूर्वनिर्धारितकार्यक्रमअनुसार आज शनिबार बिहान ११ देखि दिउँसो ५ बजेसम्म प्रस्तावदर्ता गर्ने, भदौ १७ गते बिहान ११ बजेदेखि प्रारम्भ हुने समितिको बैठकमा प्रस्तावकले प्रस्तावप्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्नकार्यक्रम रहेको थियो ।

बिमेस्टेक सम्मेलनका कारण भन्दै यसलार्य स्थगित गरिएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा जारी सूचनामा

सभामुखको निर्देशनमा अर्काे सूचना प्रकाशित नभएसम्म समितिका सभापति चयनसम्बन्धीनिर्वाचनका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको उल्लेख छ ।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि समिति रहेका छन् ।

स्रोतका अनुसार समितिको सभापतिमा भागबण्डा मिल्न समय लागेकाले आजको निर्वाचन स्थगित भएको हो । प्रधानमन्त्रीसहित नेताहरु सम्मेलनमा केन्द्रीत भएकाले यसबारेमा छलफल हुन पाएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार