भाद्र २, २०८३ मंगलबार August 18, 2026

रानीपोखरीको पुनःनिर्माण कार्य सुचारू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः महामारी रोग कोरोना भाइरसको संक्रमण फैलिएसँगै पुनःनिर्माण कार्य रोकिएको पुरातात्त्विक तथा धार्मिक सम्पदा रानीपोखरीको पुनःनिर्माण सुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार आइतबारदेखि नै केही कामदारबाट पुनःनिर्माणको काम सुरु गरिएको हो ।

कोरोना भाइरसबाट जोगिन सामाजिक दूरी कायम राख्नुपर्ने भएकाले थोरैको सङ्ख्याबाट काम सुरु गरिएको प्राधिकरणका स्थलगत संयोजक धु्रव पौडेलले जानकारी दिए । पाँच वर्षअघि २०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण भत्किएको रानीपोखरीको पुनःनिर्माण कार्य २०७७ साल वैशाख १२ गतेसम्म सम्पन्न गरिसक्ने लक्ष्य भए पनि बन्दाबन्दीले पूरा हुन सकेको थिएन ।

ऐतिहासिक रानीपोखरी र रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर निर्माणको जिम्मेवारी सीएम तुल्सी कन्स्ट्रक्सनले लिएको छ । सो कन्स्ट्रक्सनले पुरातात्विक शैलीमा रानीपोखरी र मन्दिरको पुनःनिर्माण १० महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का लिए पनि समयमा सम्पन्न भएन । पोखरी निर्माणको करिब ८० प्रतिशत र मन्दिरको ४० प्रतिशत काम सम्पन्न भइसकेको दाबी कन्स्ट्रक्सन कम्पनीको छ ।

प्राधिकरणका अनुसार पोखरी निर्माणमा १४ करोड र मन्दिर निर्माणमा १० करोड रुपियाँ गरी २४ करोड रुपियाँ बजेट छुट्याइएको छ । रानीपोखरी करिब ६३ रोपनीमा फैलिएको छ भने पोखरीको गहिराइ पाँच फिटभन्दा माथि रहेको छ ।

मल्लकालीन रानीपोखरी भूकम्पका कारण भत्किएर पानीसमेत सुकेको थियो । रानीपोखरीमा पानीको व्यवस्था गर्न पोखरीको किनारामा डिप बोरिङ गरी पानी निकाल्ने कामसमेत सम्पन्न भइसकेको छ । पोखरीका लागि करिब ३२ करोड लिटर पानीको आवश्यकता पर्ने अनुमान गरिएको छ ।

चैत ११ गते मुलुकमा बन्दाबन्दी सुरु गरेसँंगै निर्माण कार्य रोकिएको थियो । काम रोकिएको ४पुनःनिर्माणमा दैनिक ६४ जना दक्ष कामदार खटिँदै आएकोमा अहिले १०/१२ जनाबाट काम भइरहेको छ । मजदुरले नै आफू पुनःनिर्माण कार्यमा खटिन तयार रहेको बताएपछि प्राधिकरणले काम सुरु गर्न निर्देशन दिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार
सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण
२०८३ भाद्र २, मंगलबार