असार २१, २०८२ शनिबार July 5, 2025

ला लिगा जुन १२ देखि पुनः सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ला लिगाका अध्यक्ष खाबियर तेबासले स्पेनका शीर्ष लिगका बाँकी खेलहरु आउँदो जुन १२ देखि सुरु हुन सक्ने बताएका छन् ।

कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन गरिएका परीक्षणपछि खेलको क्रममा खेलाडी संक्रमणको जोखिममा पर्ने सम्भावना शून्य प्रायः हुने भएकाले खेल सुरु हुने अपेक्षा रहेको उनले बताएका हुन् ।

स्पेनका शीर्ष दुई लिगका पाँच खेलाडीका कोरोना भाइरसको संक्रमण देखिएको ला लिगाले आइतबार बताएको थियो ।

ला लिगाले गएको हप्ता खेलाडी तथा खेल पदाधिकारीको परीक्षण सुरु गरेको थियो । बन्द रंगशालामै भए पनि लिगका बाँकी खेल सम्पन्न गर्ने उद्देश्यसहित ला लिगाले परीक्षण थालेको हो ।

मोविस्टारसँग तेबासले जुन १२ मा लिग पुनः सुरु गर्ने मिती आफूलाई उपयुक्त लागेको भए पनि त्यसलाई विभिन्न पक्षले प्रभावित पार्न सक्ने बताए । संक्रमण बढेमा त्यो मिती उचित हुन नसक्ने उनले उल्लेख गरेका छन् ।

खेलअघि हरेक खेलाडीको परीक्षण गरिने भएकाले खेलको क्रममा संक्रमण फैलिने जोखिम शून्य हुने पनि उनले उल्लेख गरेका छन् ।

बार्सिलोनासहितका क्लबका खेलाडीले व्यक्तिगत प्रशिक्षण सुरु गरिसकेका छन् । संक्रमण पुष्टि भएका पाँच खेलाडीको नाम सार्वजनिक गरिएको छैन र उनीहरुलाई आइसोलेशनमा राखिएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार