काठमाण्डौः एएनपी मिडिया हाउसले राजधानीमा आयोजना गरेको ‘लिटिल स्टार नेपाल २०८०’ मा ‘सिनियर डान्स’तर्फ अभिषेक यादव, ‘जुनियर डान्स’तर्फ अंकिता सुनुवार र गायनतर्फ रोज तामाङले उपाधि जितेका छन् ।
चौथो संस्करणको प्रतियोगितामा ‘सिनियर डान्स’तर्फ अस्मी नेपाल ‘फस्ट रनरअप’, रुबेन रसाइली ‘सेकेण्ड रनरअप’, प्रिन्सिका कार्की ‘थर्ड रनरअप’ र ‘पब्लिक च्वाईस’ तथा अभिषेक यादव ‘मस्ट पपुलर’ भए ।
त्यस्तै ‘जुनियर डान्स’तर्फ यान्ना श्रेष्ठ ‘फस्ट रनरअप’, ताकी राई ‘सेकेण्ड रनरअप’, आलिया तामाङ ‘थर्ड रनरअप’, निश्मा बस्नेत ‘पब्लिक च्वाइस’ र मानशी बस्नेत ‘मस्ट पपुलर’ भए ।
‘गायन’ तर्फ युमी राई ‘फस्ट रनरअप’, अन्शु कार्की ‘सेकेण्ड रनरअप’, प्रनेक अधिकारी ‘थर्ड रनरअप’, दिपिशा कार्की ‘पब्लिक च्वाइस अवार्ड’, र नुनुम्सा राई ‘मस्ट पपुलर अवार्ड’ बने । प्रतियोगितामा गायनतर्फ विनोद ढकाल, रमेश पाठक र नृत्यतर्फ तुलसा कटुवाल र सरिता शाह निर्णायक थिए ।
एएनपीका सिइओ लवबहादुर कार्कीले बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर, प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा प्रतियोगिता आयोजना गरिएको बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया