श्रावण १८, २०८३ सोमबार August 3, 2026

थ्री-डी फिचर फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक (भिडियो)

कला, संस्कृति र साहित्यको सही मिश्रण पाउन सकिने फिल्मको निर्माण पक्षको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण भारतीय अभिनेता प्रभास र कृति सेनन अभिनीत फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार टि सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सीता हरणको प्रसंगलाई देखाइएको छ ।

आदिपुरुष थ्री-डी फिचर फिल्म हो । यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ । यसमा कला, संस्कृति र साहित्यको सही मिश्रण पाउन सकिने फिल्मको निर्माण पक्षले बताएको छ ।

Adipurush (Official Teaser) Hindi | Prabhas | Saif Ali Khan | Kriti Sanon |  Om Raut | Bhushan Kumar - YouTube

हिन्दी र तेलेगु भाषामा छायांकन भएको फिल्म ‘आदिपुरुष’ ओम राउतले निर्देशन गरेका हुन् । यो तमिल, मलयालम, कन्नडलगायत अन्य भाषामा समेत प्रदर्शन हुनेछ ।

फिल्ममा कृति, प्रभास, बाहेक सैफअली खान, अमिताभ बच्चन, काजोल, सन्नी सिंह, कीर्ती सुरेश, सोनल चौहान, वत्सल सेठ र तृप्ती तोरडमलको पनि अभिनय रहेको छ ।

फिल्म जुन १६ मा प्रदर्शमा आउने भएको छ ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया