कार्तिक १५, २०८३ आइतबार November 1, 2026

राजकुमार राईको चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक

राजकुमार राईको एक्सनका दृश्यहरुलाई बिसेष स्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आगामी मंसिर २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्सन चलचित्र ‘सोल अफ द कमान्डो’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको फुल एक्सन प्याक ट्रेलर सार्वजनिक गरिएको हो । एक मिनेट चालिस सेकेन्ड लामो ट्रेलर फुल एक्सन बेसमा बनाइएको छ। ट्रेलरमा राजकुमार राईको एक्सनका दृश्यहरुलाई बिसेष स्थान दिइएको छ।

राजकुमार राईको २४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट अभिनय क्षेत्रमा पुनरागमन भएको छ । उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम गरेका थिए । अहिले पनि उनलाई मुख्य भुमिकामा नै देख्न सकिन्छ ।

सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल तेक्वान्दो खेलाडी रहेका राईले नेपाली चलचित्र क्षेत्रमा पनि बिशेष योगदान पुर्याएका छन्। ग्रयान्ड मास्टर राजकुमार राईले ट्रेलर रिलिज कार्यक्रममा बोल्ने क्रममा आफुलाइ आफ्नो गाउँ बस्ति,आफ्नो देश आफ्नो माटोले सम्झिरहेको बताए। उनले भने ”मेरो गाउँ बस्तिले मलाइ खोजेको छ, मेरो देशले मलाई खोजेको छ,मंसिर २३ गते चलचित्र आउँदैछ, म फेरि आउदै छु तपाइँको लागि,चलचित्रले निरास बनाउने छैन’

मिलन राइको कथा र सनम जेबीआर रानाको स्क्रिप्ट रहेको चलचित्र ’सोल अफ द कमान्डो’ मा शिशिर वाङ्ग्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, कमला खापुङ्ग लिम्बु, सुष्मिता लिम्बु, एन्जल राई, टिका राम ठकुरी, सोनीका राईको पनि मुख्य भूमिका रहेको छ ।

चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता विजय एल राई हुन् । सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको चलचित्रको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् । चलचित्रका गीतमा आनन्द राई र सन्तोष दुमी राइको संगीत रहेको छ।

चलचित्रमा छायांकन दिर्घ गुरुङको, सम्पादन नहकुल खड्काको, भिएफ़एक्स सत्यमा राना, कलर जीवन थापा, ट्रेलर बन्दे प्रसाद, बाबु श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक, सिमोन राजबंशीको कोरियोग्राफी, द्वन्द्व निर्देशन एनबी महर्जन र सानु कुमार महर्जनको रहेको छ । प्रोडक्सन मेनेजर विमल धमला र सीमा राईले गरेका हुन् । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

कार्यक्रममा थुप्रै बिशिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक मिलन चाम्स र पुर्व आइजीपी दोर्जे कुमार राईले चलचित्रलाई सफलताको शुभकामना दिएका थिए । युकेदेखि आएका संचारकर्मी आकाश सुनुवारले ग्रयान्ड मास्टर राजकुमार राईको बिषयमा केहि जानकारी सहितको सामाग्री प्रस्तुत गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार