कार्तिक १५, २०८३ आइतबार November 1, 2026

सर्ट फिल्म ‘ओभर द मुन’को फस्टलुक सार्वजनिक

उमेश खड्काको लगानी रहेको फिल्ममा सुरेश पुडासैनी सल्लाहकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः युबी मिडिया इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सर्ट फिल्म ‘ओभर द मुन’को फस्टलुक सार्वजनिक भएको छ । अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाको निर्देशन रहेको फिल्मको पोस्टरमा प्रमुख दुई पात्र समीप निरौला र उमेश खड्कालाई प्रस्तुत गरिएको छ ।

फिल्ममा शुभेच्क्षा थापा, समीप निरौला, उमेश खड्का, बिम्ली सुशीला निरौला, रश्मी भट्ट, भगवान भण्डारी, सुरेश पुडासैनी, सहारा खड्का क्षेत्री, चन्द्र गुरुङ, रोशनी न्यौपाने, मन महर्जन, रेखा केसी, निकिशा श्रेष्ठ, भरत जिम्बा, गौरव हमाल, बिस्वल न्यौपाने, आकांक्षा गुरुङ र गोपाल ढुंगानाको अभिनय छ । फिल्ममा बाल कलाकारद्वय रक्षा दाहाल र रोहन भट्टराईको पनि अभिनय छ ।

निर्देशक थापाले फिल्मले समलिंगीसँग सम्बन्धित कथा देखाउने बताइन् । ‘समाजमा केटाकेटा र केटीकेटीले बिहे गर्न या माया गर्न चाहेमा समाज र घर परिवारबाट कसरी अपहेलित हुनुपर्छ । छोराछोरीको इच्छालाई समर्थन नगरे केसम्म हुन्न सक्छ भन्ने कुरा फिल्ममा समेटिएको छ’, उनले भनिन् ।

फिल्ममा उमेश खड्काको कथा र गीत, उत्तमजंग लिम्बु रहेको छ, प्रज्जवल कार्कीको स्वर, शंकर जी विश्वकर्माको कोरियोग्राफी,बिनोद लामा खुपेन्द्र  ढुङ्गेलको छायांकन, सुदर्शन खत्रीको सहायक निर्देशन, चन्द्र गुरुङको मेकअप, दिनेश चौधरीको कष्ट्युम, उज्जवल खड्काको प्रोडक्सन छ ।

उमेश खड्काको लगानी रहेको फिल्ममा सुरेश पुडासैनी सल्लाहकार छन् । फिल्मको डिजिटल राइट्स युबी मिडिया इन्टरटेनमेन्टसँग छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार