वैशाख १८, २०८१ मंगलबार April 30, 2024

अभिनेत्री विपना थापालाई युग नायिका उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एक समयकी नेपाली फिल्मकी सफल अभिनेत्री विपना थापालाई ‘यूग नायिका’को उपाधि प्रदान गरिएको छ । काठमाडाैँमा शनिबार आयोजित तेस्रो संस्करणको स्पर्स म्यूजिक भिडियो अवार्ड २०२३ मा विपनालाई यो उपाधि प्रदान गरिएको हो । विपना २०५० को दशककी सफल अभिनेत्रीमा पर्छिन् ।

टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विपनाको डेब्यू फिल्म ‘जन्मभूमि’का निर्देशक तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नृत्य निर्देशकहरु राजु शाह, कमल राई तथा छायांकार शिव ढकालले विपनालाई उपाधि प्रदान गरेका थिए ।

आईएमई पेद्वारा पावर्ड गरिएको तथा महेरु फेसन एण्ड डिजाइनको प्रस्तुतिमा भएका कार्यक्तममा प्रभु बैंकको सहकार्य थियो । समारोहमा अघिल्लो वर्षका उत्कृष्ट म्युजिक भिडियो तथा तीनका स्रष्टालाई पुरस्कृति गरिएको थियो । अवार्डको जूरी सदस्यमा मेकअप आर्टिष्ट ऋतु राणा, लोक गायक नमराज ढुंगाना, गायक नविन कुमार पौडेल, संगीतकार राजेन्द्र बजगाईं तथा मोडल सञ्चिता शाही रहेका थिए ।

करिश्मालाई 'महानायिका'पछि अब विपनालाई 'युग नायिका'को उपाधि – Online Khabar

समारोहमा अभिनेता गोपाल ढकाल छन्दे, मोडल तथा कोरियोग्राफर नरेश वीर सिंह, गीतकार तथा सामाजिक अभियन्ता निर्मला राई परिवेश, गीतकार तथा सामाजिक अभियन्ता शान्ती खत्री, मोडल अंकित कुमार अधिकारी, मोडल नरेश जंग कार्की, मोडल बिपिन खड्का, गायक तथा पत्रकार पुष्पराज तिमिल्सिेना तथा अभिनेता तथा मोडल अयुब केसीलाई सम्मानित गरियो ।

समारोहमा नम्रता सापकोटा, ऋचा थापा, प्रनिमा दाहाल, प्रविणा श्रेष्ठ, दावा तामाङ, प्रशान्त मगर तथा किड्स क्यापिटल नेपाल २०२२ तथा २३ का आश्रिया थापा, आरोन श्रेष्ठ, सुहान पुन, मीमिक राना मगर, दिपशन चिलुवाल, इश्लिया गुरुङले विशष प्रस्तुति दिएका थिए ।

समारोहमा राजु शाहलाई लिजेन्ड्रि सिने कोरियोग्राफरको अवार्ड प्रदान गरियो भने रेनशा वान्तवा राईलाई पपुलर सिने डाइरेक्ट (फिमेल) तथा मिलन चाम्सलाई पपुलर सिने डाइरेक्टर (मेल) को अवार्ड प्रदान गरियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
२०८१ वैशाख १८, मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
२०८१ वैशाख १८, मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
२०८१ वैशाख १८, मंगलबार
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार