असोज २०, २०८३ मंगलबार October 6, 2026

कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएपछि डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि कोशी अस्पतालमा उपचाररत ८ जना निको भएर डिस्चार्ज भएका छन्।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ४ जना र ४ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिएका छन।

‘उदयपुरका ४ र ४ भारतीय नागरिक उपचारपश्चत निको भएर आज डिस्चार्ज हुनुभएको छ’, एसपी अधिकारीले भने।

भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका ४ भारतीय कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते कोशी अस्पतालको उपचार केन्द्रमा भर्ना भएका थिए।

४ जना स्थानीयमध्ये ३ जना वैशाख ९ र एक जना वैशाख १० गते भर्ना गरिएका थिए।

योसँगै देशभर निको भएर घर फर्कनेको संख्या ४५ पुगेको छ।

डिस्चार्ज भएपछि भुल्केका ४ जनालाई होम क्वारेन्टिनमा र ४ भारतीयलाई विराटनगर–१५, रानीस्थित मरकजमा १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको एसपीस् अधिकारीले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार