वैशाख २५, २०८१ मंगलबार May 7, 2024

ह्वाट्सएपमा पठाइसकेको मेसेज एडिट गर्नुपर्‍यो ? यसो गर्नुहोस्

मेसेजिङ प्लेटफर्म ह्वाट्सएपको नयाँ फिचर सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले हालै नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीले प्रयोगकर्तालाई पठाइसकेको मेसेज एडिट गर्न मिल्नेगरी नयाँ फिचर थप गरेको हो ।

अब प्रयोगकर्ताले आफूले पठाएको मेसेज १५ मिनेटभित्र जतिपट पनि एडिट गर्न सक्नेछन् । १५ मिनेटपछि भने मेसेज एडिट गर्न सकिँदैन ।

तर तपाईँले उक्त मेसेज एडिट गर्नु भएको कुरा भने मेसेज प्राप्त गर्ने प्रयोगकर्तालाई थाहा हुनेछ । यसरी एडिट गरिएको मेसेजमा ‘एडिटेड’ भनेर लेखिएको हुन्छ ।

यो फिचर आईओएस, एन्ड्रोइड, डेस्कटप र वेब सबैमा प्रयोग गर्न सकिन्छ । यहाँ फरक-फरक प्लेटफर्ममा मेसेज कसरी एडिट गर्ने विषयमा उल्लेख गरिएको छ:

आईओएसमा यसरी एडिट गर्नुहोस् ह्वाट्सएपको मेसेज:

– ह्वाट्सएपमा आफूले एडिट गर्न चाहेको मेसेजको च्याटबक्स ओपन गर्नुहोस् ।

– आफूले एडिट गर्न चाहेको मेसेजमा लामो समयसम्म थिच्नुहोस्

– त्यहाँ मेन्यु देखिन्छ, जहाँ ‘एडिट’ अप्सन देखिनेछ । उक्त एडिट अप्सनमा क्लिक गर्नुहोस् ।

– यसपछि तपाईँको मेसेज बक्स खुल्छ र आफूले लेख्न चाहेको कुरा लेखेर अथवा सच्चाएर स्क्रिनको दायाँतिर भएको चेकमार्क (✓) मा क्लिक गर्नुहोस् ।

एन्ड्रोइडमा यसरी एडिट गर्नुहोस् मेसेज: 

एन्ड्रोइडमा पनि आईओएसमा जस्तै सहज रुपमा मेसेज एडिट गर्न सकिन्छ । यद्यपि एन्ड्रोइडको आइकन भने केही फरक छ ।

– ह्वाट्सएपमा आफूले एडिट गर्न चाहेको मेसेजको च्याटबक्स ओपन गर्नुहोस्

– आफूले एडिट गर्न चाहेको मेसेजमा लामो समयसम्म थिच्नुहोस्

– स्क्रिनको सबैभन्दा माथि दायाँतिर भएको तीन ओटा थोप्लामा क्लिक गर्नुहोस्

– यसपछि एडिट बटनमा क्लिक गर्नुहोस्

– यसपछि तपाईँको मेसेज बक्स खुल्छ र आफूले लेख्न चाहेको कुरा लेखेर अथवा सच्चाएर स्क्रिनको दायाँतिर भएको चेकमार्क (✓) मा क्लिक गर्नुहोस् ।

डेस्कटपमा यसरी एडिट गर्नुहोस् मेसेज: 

– ह्वाट्सएपमा आफूले एडिट गर्न चाहेको मेसेजको च्याटबक्स ओपन गर्नुहोस्

– आफूले एडिट गर्न चाहेको मेसेजमा कर्सरलाई लैजाउनुहोस् र मेसेज बक्समा देखिने तल तिर फर्किएको संकेत (⌄) मा क्लिक गर्नुहोस्

– यसपछि एडिट अप्सनमा क्लिक गर्नुहोस्

– यसपछि तपाईँको मेसेज बक्स खुल्छ र आफूले लेख्न चाहेको कुरा लेखेर अथवा सच्चाएर स्क्रिनको दायाँतिर भएको चेकमार्क (✓) मा क्लिक गर्नुहोस् अथवा इन्टर थिच्नुहोस् ।

 यदि तपाईँको डिभाइसमा यो फिचर उपलब्ध भइसकेको छैन भने यसमा चिन्ता लिनुपर्ने विषय छैन । ह्वाट्सएपले विस्तारै सबै डिभाइसमा यो फिचर उपलब्ध गराइरहेको छ । केही डिभाइसमा छिटो अथवा केही डिभाइसमा ढिलो उपलब्ध हुनसक्छ । यद्यपि आफ्नो मोबाइलमा भएको ह्वाट्सएपको एप भने अपडेट भएको हुनुपर्नेछ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया