असार २३, २०८२ सोमबार July 7, 2025

महालेखाका विज्ञले भोलिबाट काम थाल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः राजनीतिक दलको वार्षिक आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न खटिएका महालेखा परीक्षकको कार्यालयका विज्ञले आइतबारदेखि काम थाल्ने भएका छन्। महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण जाँच गर्न मङ्गलबार पाँच जना विज्ञ कर्मचारीको टुङ्गो लगाएको थियो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले महालेखा परीक्षकको कार्यालयले पठाएको कर्मचारीले आइतबारदेखि आयोगमै बसेर काम थाल्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “विशेषज्ञ कर्मचारीलाई प्रमुख आयुक्त तथा आयुक्तको उपस्थितिमा उहाँहरूले गर्ने कार्यबारे सङ्क्षिप्त जानकारी गराइएको छ। आइतबारदेखि दलले बुझाएको लेखा परीक्षण प्रतिवेदनसहितको अन्य कागजात अध्ययन सुरु गर्ने छन्।”

दलको कागजात अध्ययन र जाँच गर्न आयोग परिसरमै कर्मचारीका लागि कार्यकक्षको व्यवस्थापन गरिएको छ। उहाँले अध्ययनका क्रममा दलले बुझाएको कागजात पुष्टि गर्ने कागजको सूची तयार गरिने बताउनुभयो। टोलीले तयार गरेको सूचीका आधारमा आयोगले सम्बन्धित दलसँग कागजात माग्ने छ।

आयोगमा दलले बुझाएको लेखा प्रतिवेदन र दलको कार्यालयमा रहेको लेखाको स्रेस्तासँग भिडाएर जाँच्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ। आयोगका प्रवक्ता पौडेलले लेखा परीक्षण जाँच गर्न राजनीतिक दलको कार्यालयमै पुग्न सक्ने ऐनले स्पष्ट उल्लेख नगरेको बताउनुभयो। यद्यपि विशेषज्ञ टोलीको आवश्यकता अनुसार सो सम्बन्धमा कागजात मागेरै सकिने भए दलको कार्यालय नपुग्ने नभए ऐनले छेकबार नलगाएकाले पुग्न सकिने उहाँले बताउनुभयो। गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार