असार २४, २०८२ मंगलबार July 8, 2025

काठमाडौं-तराई द्रुतमार्गअन्तर्गत विनियोजित ३ अर्ब रुपैयाँ फिर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई द्रुतमार्गअन्तर्गत विनियोजित करिव ३ अर्ब रुपैयाँ फिर्ता भएको छ । रक्षा मन्त्रालयले चालु आर्थिक वर्षका लागि फास्ट ट्रयाकमा विनियोजन भएको रकमबाट २ अर्ब ८३ करोड ६६ लाख ५२ ‘सरेन्डर’ भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

चालु आवमा सरकारले फास्ट ट्रयाकका लागि मात्र १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । रक्षा मन्त्रालयले फास्ट ट्रयाक बाहिरबाट समेत ५ करोड ६१ लाख २३ हजार २ सय ३१ रुपैयाँ बजेट फिर्ता गरेको छ ।
अर्थ मन्त्रालयले चैतसम्म पनि ठेक्का लाग्न नसकेको र चालु आवको बाँकी रहेको दिनमा समेत खर्च हुने सम्भावना नरहेको कार्यक्रम तथा आयोजनाबाट बजेट ‘सरेन्डर’ गर्न सार्वजनिक निकायहरुलाई आहृवान गरेको थियो ।

सरकारको बजेट कार्यान्वयन निर्देशिका अनुसार समेत खर्च हुन नसक्ने बजेट ‘सरेन्डर’ गर्नुपर्छ । यसरी सरेन्डर भएको बजेट अर्थ मन्त्रालयले आफ्नो तत्कालिन प्राथमिकतामा खर्च गर्न सक्छ ।

अर्थ मन्त्रालयका अनुसार चैत महिनामा मात्र विभिन्न १० निकायबाट ४ अर्ब ८१ करोड ७० लाख ४४ हजार ७ सय ९१ रुपैयाँ बजेट फिर्ता भएको छ । यसमध्ये सबैभन्दा धेरै फास्ट ट्रयाकको रकम फिर्ता आएको हो । कोरोना भाइरसको संक्रमणका बीच धेरै आयोजनाको काम रोकिएको छ । यसले सरकारको पूँजिगत खर्चतर्फको लक्ष्य र आयोजनाको प्रगतिमा भने निकै नकारात्मक प्रभाव पार्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार