कार्तिक १५, २०८३ आइतबार November 1, 2026

पल र सनिशाको उत्कृस्ट अभिनय रहेको विष्णु खत्रीको ‘लुम्बिनी’ सार्वजनिक

नायक पल शाह र सनिशा भट्टराईको जोडीको उत्कृस्ट अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चर्चित गायक तथा संगीतकार विष्णु खत्रीले आफ्नो नयाँ साङ्गितिक प्रस्तुति लिएर पुनः दर्शकमाझ आएका छन् । ‘लुम्बिनी’ शीर्षकको एल्बम खत्रीले सोमबार सार्वजनिक गरेका हुने् । उक्त एल्बममा शब्द, सङ्गीत र  आवाज उनैको रहेको छ भने महिला गायिकामा अन्नु चौधरी रहेकी छन् ।

एल्बममा नायक पल शाह र सनिशा भट्टराईको जोडीको उत्कृस्ट अभिनय रहेको छ । उक्त जोडीलाई दर्शकले अत्यन्तै रुचाइरहेका छन् । काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफीमा उक्त जोडीलाई पुनः दर्शकमाझ ल्याउने काम खत्रीले गरेका छन् ।

विष्णु खत्री नामक युट्यूब च्यानलमा सार्वजनिक गरिएको उक्त गीतले दर्शकको माया पाइरहेको छ । उक्त गीत युट्यूब च्यानलमा सार्वजनिक गरिएको  दुई दिनमै चार लाखले उक्त हेरिसकेका छन् । उक्त गितले करोड क्लब नाघ्ने आंकलन गरिएको छ ।

उक्त गीतलाई आफ्ना पुराना गीतहरु जस्तै धेरै माया गरिदिन आफ्ना शुभचिन्तक, आफन्तजन सम्पूर्ण दर्शकहरुमा गायक खत्रीले अनुरोध गरेका छन् ।  खत्रीले आफ्नो नयाँ गीत अत्यन्तै राम्रो बनेको जनाउँदै गीतलाई उत्कृस्ट  बनाउन अथाह मिहेनत गरेको बताए । आफ्ना अघिल्ला एल्बमजस्तै  युटुबको ट्रेन्डिङ नम्बर १ देखि करोड कल्ब माथिसम्म पुर्याउन दर्शक स्रोताले दिएको अपार माया प्रति आभार र कृतज्ञता प्रकट  गर्दै खत्रीले यो गीतलाई पनि मन पराएर करोड क्लबमा प्रवेश गराउन सबैलाई अनुरोध गरेका छन् ।

विगत २५ वर्षदेखी लोकदोहोरीको  क्षेत्रमा  कृयाशिल खत्रीको प्राय सबै सिर्जनाहरु संदेशमुलक हुने गरेका छन् । उनको सबै एल्बम नेपाली स्रोताहरूले मन पराउने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार