कार्तिक १५, २०८३ आइतबार November 1, 2026

रणवीर कपुरमाथी कंगनाकाे प्रहार, ‘लागुऔषध दुर्ब्यसनीलाई रामको भुमिका’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता रणवीर कपूरबीच छत्तीसको आँकडा छ । कंगनाले रणवीरलाई निशाना बनाउन कुनै कसर बाँकी राख्दिनन् । यही क्रमलाई हालै निरन्तरता दिएकी छन् ।

केही समय अघि नितेश तिवारी र मधु मन्तेनाले निर्माण गर्ने फिल्म ‘रामायण’मा रणवीरले रामको भूमिका निभाउने चर्चा चलेको थियो । यो फिल्ममा आलिया भट्टले सीताको भूमिका निभाउँदैछिन् । कंगनाले यही कुरा प्रति इन्स्टाग्राममार्फत रणवीरलाई कटाक्ष गरेकी छन् ।

‘हालका दिनमा अर्को एक फिल्म रामायण आउँदैछ भन्ने सुन्दैछु । जहाँ एक सेतो मुसा, जो कथित रुपमा अभिनेता छ । जसलाई सूर्यको प्रकाशको आवश्यकता छ र जो उद्योगमा खराब कुरा गर्न लोकप्रिय छ । जो नारीकरणका लागि चिनिन्छ र लागुऔषध  दुर्ब्यसनी पनि हो । जसले एक फिल्ममा आफूलाई शिव बताउन असफल साबित भयो’, उनले लेखेकी छन्,‘जसलाई कसैले देखेन र यसको दोस्रो भाग पनि बनेन । अब आफूलाई राम बनाउने तयारीमा छ ।’

उनी थप अगाडी लेख्छिन, ‘जबकी एक युवा सुपरस्टार, जो आफैं बनिएका हुन् । एक पारिवारिक मान्छे हुन् र जो पारम्परिक छ । जो बाल्मिकीको व्याख्या अनुसार जसको रंग, रुप र फिचर रामसँग मिल्छ, उनी चाहिँ रावणको भूमिका निभाउँदैछन् ।

यो कस्तो किसिमको कलियुग हो । कोही पहेलो रंगको लागुऔषध  दुर्ब्यसनीले रामको भूमिका निभाउनु हुँदैन । जय श्री राम ।’ उनले अगाडि लेखेकी छन्, ‘यदि तपाईं ममाथि लक्षित गर्नुहुन्छ भने म नमरुन्जेल लक्षित गर्नेछु । म सँग निहुँ नखोजनुहोला । मबाट टाढै रहनु ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार