असार २४, २०८२ मंगलबार July 8, 2025

यात्रु लिएर कतार एयरवेज अमेरिका र नेपाल एयरलाइन्ज जापान जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिका र जापानले आइतबार साँझ नेपालबाट केही नेपालीसहित आफ्ना नागरिकहरु स्वदेश लैजाँदै छन्।

कतार एयरवेजले साँझ ७ बजे नेपालबाट अमेरिकी नागरिक लैजाँदै छ। अमेरिकाले लकडाउन सुरुभएयता तेस्रोपटक नेपालबाट आफ्ना नागरिक लैजान लागेको हो। यसमा नेपाली मुलका मानिसहरु पनि छन्। विमानमा ३ सय बढी यात्रु हुने बताइएको छ।

यसैगरि राती ९ बजे नेपाल एयरलाइन्सको विमान जापानको नारिताका लागि उड्दै छ। यसमा पनि केही नेपालीहरु छन्। जापानले यसअघि पनि नेपालबाट आफ्ना नागरिक लगेको थियो। त्यतिबेला पनि नेपाल एयरलाइन्सको जहाज प्रयोग भएको थियो।

नेपालमा लकडाउन सुरु भएपछि यहाँबाट ४२ पटक उद्धारका फ्लाइटहरु भएका छन्। कतार एयरवेजले मात्र ११ पटक उद्धारको फ्लाइट गरेको छ। लकडाउनदेखि नेपालमा उद्धार र कार्गोबाहेक अन्य सबै घरेलु तथा अन्तर्राष्ट्रिय फ्लाइट प्रतिबन्धित छन्।

यसैबीच आइतबार मेडिकल सामग्री लिन चीनको चाङ्सा पुगेको हिमालयन एयरलाइन्सको विमान राति फर्कँदै छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार