भाद्र ४, २०८३ बिहिबार August 20, 2026

यात्रु लिएर कतार एयरवेज अमेरिका र नेपाल एयरलाइन्ज जापान जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिका र जापानले आइतबार साँझ नेपालबाट केही नेपालीसहित आफ्ना नागरिकहरु स्वदेश लैजाँदै छन्।

कतार एयरवेजले साँझ ७ बजे नेपालबाट अमेरिकी नागरिक लैजाँदै छ। अमेरिकाले लकडाउन सुरुभएयता तेस्रोपटक नेपालबाट आफ्ना नागरिक लैजान लागेको हो। यसमा नेपाली मुलका मानिसहरु पनि छन्। विमानमा ३ सय बढी यात्रु हुने बताइएको छ।

यसैगरि राती ९ बजे नेपाल एयरलाइन्सको विमान जापानको नारिताका लागि उड्दै छ। यसमा पनि केही नेपालीहरु छन्। जापानले यसअघि पनि नेपालबाट आफ्ना नागरिक लगेको थियो। त्यतिबेला पनि नेपाल एयरलाइन्सको जहाज प्रयोग भएको थियो।

नेपालमा लकडाउन सुरु भएपछि यहाँबाट ४२ पटक उद्धारका फ्लाइटहरु भएका छन्। कतार एयरवेजले मात्र ११ पटक उद्धारको फ्लाइट गरेको छ। लकडाउनदेखि नेपालमा उद्धार र कार्गोबाहेक अन्य सबै घरेलु तथा अन्तर्राष्ट्रिय फ्लाइट प्रतिबन्धित छन्।

यसैबीच आइतबार मेडिकल सामग्री लिन चीनको चाङ्सा पुगेको हिमालयन एयरलाइन्सको विमान राति फर्कँदै छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ : सभापति लामिछाने
२०८३ भाद्र ४, बिहिबार
कोशी प्रदेशसभाः विधेयक माथि सैद्धान्तिक छलफल
२०८३ भाद्र ४, बिहिबार
सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड
२०८३ भाद्र ४, बिहिबार
गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै
२०८३ भाद्र ४, बिहिबार
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार्न सञ्चारमन्त्रीको निर्देशन
२०८३ भाद्र ४, बिहिबार
कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलायो
२०८३ भाद्र ४, बिहिबार
चलचित्र ‘एक्का तीन’मा पूजा र कविताको भिडन्त, सार्वजनिक भयो एङ्ग्री लुक्स
२०८३ भाद्र ४, बिहिबार