भाद्र ४, २०८३ बिहिबार August 20, 2026

आगामी एक वर्षसम्म बैठक भत्ता नलिने नारायणकाजीको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आगामी एक वर्षसम्म बैठक भत्ता नलिने घोषणा गरेका छन्।

विश्व महामारी कोभिड-१९ कोरोना रोगबाट आर्थिक क्षेत्रमा ठूलो प्रभाव परेको भन्दै नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले सोमबार ट्विटरमार्फत राष्ट्रिय सभा र समितिको बैठकभत्ता नलिने बताएका हुन्।

‘आगामी वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौतीको सामना गर्नुपर्ने निश्चित छ। तर, यो स्वतन्त्र एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसर पनि बन्न सक्छ। त्यसको लागि दृढ संकल्पको खाँचो छ। पेट कसेर भएपनि देश बनाइ छाड्छौँ। दुःख गरौँ, फेरौँ,’ श्रेष्ठले लेखेका छन्, ‘यस सन्दर्भमा म एक वर्षको राष्ट्रियसभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु।’

संघ र प्रदेशका अन्य सांसदलाई पनि यसबारे सोच्न उनले आग्रह गरेका छन्। त्यस्तै, श्रेष्ठले ‘सांसद विकास कोष भनिने निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रम आगामी एक वर्षका लागि भए पनि खारेज गरेर रोजगारी केन्द्रित आयोजनामा लगानी गर्न आग्रह गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ : सभापति लामिछाने
२०८३ भाद्र ४, बिहिबार
कोशी प्रदेशसभाः विधेयक माथि सैद्धान्तिक छलफल
२०८३ भाद्र ४, बिहिबार
सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड
२०८३ भाद्र ४, बिहिबार
गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै
२०८३ भाद्र ४, बिहिबार
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार्न सञ्चारमन्त्रीको निर्देशन
२०८३ भाद्र ४, बिहिबार
कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलायो
२०८३ भाद्र ४, बिहिबार
चलचित्र ‘एक्का तीन’मा पूजा र कविताको भिडन्त, सार्वजनिक भयो एङ्ग्री लुक्स
२०८३ भाद्र ४, बिहिबार