असार २०, २०८२ शुक्रबार July 4, 2025

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सेल्फ क्वारेन्टाइनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सार्वजनिक भूमिकामा रहेका मानिसहरुले आफूलाई भन्दा निकटस्थलाई मध्यनजर गर्दै सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने सन्देश दिएका छन्, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ।

पाँच दिनसम्म पुल्चोकस्थित सरकारी निवासबाट कतै ननिस्किएका ढकाल आज मंगलबारबाट मात्रै नियमित काममा फर्किने भएका छन् । सेल्फ क्वारेन्टाइनमै बसेका कारण हिजो सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकमा पनि उनी उपस्थित भएनन् ।

जनआस्थाले फोन गर्दा सुनाए, ‘मन्त्री नै क्वारेन्टाइनमा बसेन,हेलचेक्र्याई गर्यो भन्लान्, अनुशासित भएन भन्लान्, त्यसैले म त पाँच दिन क्वारेन्टाइनमा बसेँ ।’ अब कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकार ठूलो र फरक किसिमको तयारीमा जुटेको उनले सुनाए ।

प्रधानमन्त्री केपी ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउनको नयाँ मोडालिटी आउने संकेत गर्नु र स्वास्थ्य मन्त्रीले ‘ठूलो र फरक किसिमको तयारी’ को कुरा गर्नुले बुझ्न सकिन्छ, पछिल्लो समय सरकार कोरोना संक्रमण रोक्ने मामिलामा झनै गम्भीर भएको छ ।

सोमबार साँझसम्म १ लाख ४६ हजारको आरडिटी र पिसिआर परीक्षण भइसकेको छ । पिसिआर परीक्षणमात्रै ५१ हजारको भइसकेको छ । शायद, सरकारले पिसिआर परीक्षणको रफ्तार बढाउँदैछ । जनआस्थाबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार