श्रावण ४, २०८२ आइतबार July 20, 2025

युट्युबका ९ गोप्य फिचर, जुन तपाईँलाई थाहा नहुन सक्छ

युट्युबमा हामीलाई थाहा नभएका त्यस्ता फिचर पनि छन्, जसले हामीलाई त्यस प्लेटफर्ममा राम्रो अनुभव दिन मद्दत गर्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युट्युबमा हामी आफूलाई पायक पर्ने समयमा रूचि लागेका विषयसँग सम्बन्धित भिडिओ हेरिरहेका हुन्छौं । युट्युबमा अभ्यस्त हुँदै जाँदा त्यसका कतिपय फिचरहरूबारे हामी जानकार हुन्छौं भने कतिपय फिचर हाम्रो नजरमा परेका हुँदैनन् ।

युट्युबमा हामीलाई थाहा नभएका त्यस्ता फिचर पनि छन्, जसले हामीलाई त्यस प्लेटफर्ममा राम्रो अनुभव दिन मद्दत गर्छन् । आज हामी सबै युट्युब प्रयोगकर्ताले थाहा पाउनै पर्ने नौ फिचरबारे जानकारी दिँदैछौं ।

युट्युब वाच टाइम 

युट्युबमा भिडिओ हेर्दै जाँदा हामी समय बितेको थाहै पाउँदैनौं । अन्तिममा आफ्नो अमूल्य समय खेर गएको महसुस हुन्छ । त्यसका लागि तपाईं आफ्नो वाच टाइम ट्रयाक गर्न सक्नुहुन्छ ।

युट्युबले प्रयोगकर्तालाई लक्षित गर्दै  ‘टाइम वाच्ड’ नामको फिचर ल्याएको थियो । यही फिचरको सहायताले तपाईंले युट्युबमा कति समय बिताउनु भयो थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

– सबैभन्दा पहिले आफ्नो फोनमा युट्युब खोल्नुहोस् ।

– त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।

– त्यहाँ रहेको ‘टाइम वाच्ड’ को अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि तपाईंले दैनिक कति हेर्नुभयो अनि हप्तामा कति समय हेर्नुभयो भन्ने डेटा देख्न सक्नुहुन्छ ।

ब्रेक लिन रिमाइन्डर सेट गर्नुहोस् 

यदि तपाईं आफूले युट्युबमा बढी समय बिताउन थालेकोमा चिन्तित हुनुहुन्छ भने यो तपाईंका लागि उपयोगी फिचर हो । यो फिचर प्रयोग गरेर तपाईं आफूलाई युट्युबमा कम समय बिताउने बनाउन सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

– सबैभन्दा पहिले युट्युब एप खोल्नुहोस् ।

– त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।

– अनि ‘टाइम वाच्ड’को अप्सनमा जानुहोस् ।

– यति गरेपछि ‘रिमाइन्ड मि टु टेक अ ब्रेक’ (Remind me to take a break) को अप्सन अन गर्नुहोस् ।

– यति भएपछि आफूले कति समय बिताएपछि ब्रेकबारे जानकारी दिने भन्ने समय छान्नुहोस् । सामान्यतः २० देखि ३० मिनेट युट्युबमा भिडिओ हेरिसकेपछि ब्रेक लिनु स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।

– टाइम सेट भइसकेपछि डनको बटन ट्याप गर्नुहोस् ।

यति भइसकेपछि तपाईंले सेट गरेको टाइमपछि ब्रेक लिनुस् भनेर युट्युबले तपाईंलाई सम्झाउँछ ।

सहजै जुम गर्न 

युट्यबले हालसालै कुनै पनि भिडिओ आठ गुणासम्म जुम गर्न सकिने फिचर ल्याएको छ । तपाईंलाई कुनै पनि भिडिओ जुम गरेर हेर्नुपरे भने पिन्च (दुई ओटा औंलाले सार्ने) गरेर जुम गर्न सक्नुहुन्छ ।

अटोप्ले इनेबल वा डिसेबल गर्ने तरिका

युट्युबमा कुनै पनि भिडिओ हेरेपछि हाम्रा दुई ओटा मुड हुन्छन् । कतिपय अवस्थामा कुनै भिडिओ सकिसकेपछि अर्को भिडिओ आफैं चलोस् भन्ने लाग्छ भने केही अवस्थामा चलिरहेको भिडिओ सकिसकेपछि कुनै पनि भिडिओ नचलोस् भन्ने लाग्छ ।

त्यसैले यी दुवै अवस्थाका लागि तपाईं अटोप्ले फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईं सेटिङबाट वा सोझै हेरिरहेको स्क्रिनबाट अटोप्ले फिचर इनेबल वा डिसेबल गर्न सक्नुहुन्छ । हेरिरहेको भिडिओको स्क्रिनबाट यो फिचर इनेबल वा डिसेबल गर्न प्लेपज बटनको सोझै माथि रहेको बटनबाट अटोप्ले फिचर अन वा अफ गर्न सकिन्छ ।

सेटिङबाट यो फिचर इनेबल वा डिसेबल गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

– सबैभन्दा पहिले युट्युब एप खोल्नुहोस् ।

– त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।

– अनि सेटिङ अप्सनमा जानुहोस् ।

– यति गरेपछि अटो प्लेको अप्सनमा गएर सो फिचर इनेबल वा डिसेबल गर्नुहोस् ।

फिडमा स्वतः भिडिओ प्ले हुने 

हामीले फोनमा युट्युब एप खोल्यौं भने केही अवस्थामा भिडिओ आफैं चलिरहेको देखिन्छ । यस्तोमा भिडिओ ट्याप गरेर हेरिरहन पर्दैन । तपाईंले बाहिरबाटै भिडिओमा के भनिएको छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।

यो फिचर सबै अवस्थामा उपयुक्त भने हुँदैन । हामीलाई रूचि नलागेका भिडिओ पनि आफैं प्ले भएपछि हामीलाई दिक्क लाग्न सक्छ । तसर्थ तपाईंले यो फिचर इनेबल वा डिसेबल गर्न सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

– सबैभन्दा पहिले युट्युब एप खोल्नुहोस् ।

– त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा थिच्नुहोस् ।

– यति गरेपछि सेटिङमा गई ‘जेनेरल’ अप्सनमा जानुहोस् ।

– र, प्लेब्याक इन फिडको अप्सनमा थिच्नुहोस् ।

– त्यसमा ‘अलवेज अन’ (जतिबेलै प्ले हुने), ‘वाई-फाई वन्ली’ (वाई-फाईमा कनेक्ट भएडको बेला मात्र युट्युब फिडमा भिडिओ चल्ने) र अफ (कतिबेलै पनि नचल्ने) अप्सन रहेका हुन्छन् । त्यसमध्ये आफूलाई उपयुक्त हुने अप्सन छान्नुहोस् ।

युट्युबमा एम्बियन्ट मोड

एम्बियन्टमा मोड यस्तो फिचर हो, जसले युट्युबमा भिडिओ हेर्दा आँखालाई सहज बनाउँछ । सामान्यतः एम्बियन्ट मोड अफ हुँदा युट्युबमा बजिरहेको भिडिओको माथिपट्टि र टाइटल तथा डिस्क्रिप्सन राखिएको बक्समा फोनको मोड अनुसार लाइट वा डार्क कलर रहेको हुन्छ ।

तर, एम्बियन्ट मोड अन गर्ने बित्तिकै भिडिओको तल वा माथिपट्टिको भागबाट डार्क वा लाइट स्क्रिनको भाग हराउँछ । उक्त भागमा भिडिओमा जस्तो कलर छ त्यस्तै ब्लर कलर राखिएको हुन्छ । युट्युबमा एम्बियन्ट मोड अन गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

– सबैभन्दा पहिले युट्युब एप खोली कुनै एउटा भिडिओ प्ले गर्नुहोस् । (भिडिओ फूल स्क्रिनमा राख्दा एम्बियन्ट मोडको प्रभाव देखिँदैन । त्यसैले नर्मल मोडमै राख्नुहोस् ।)

– अनि माथि दायाँपट्टि रहेको सेटिङको आइकनमा थिच्नुहोस् ।

– त्यसपछि एम्बियन्ट मोडको अप्सन देख्नुहुन्छ । उक्त मोडलाई आवश्यकता अनुसार अन वा अफ गर्न सक्नुहुन्छ ।

युट्युबको इन्कग्निटो मोड 

ब्राउजरमा इन्कग्निटो मोड प्रयोग गर्दा कुनै पनि वेबसाइटले हामीलाई ट्रयाक गर्नबाट जोगाउँछ । तपाईंले युट्युबमा पनि इन्कग्निटो मोड प्रयोग गरेर उक्त प्लेटफर्ममा तपाईंले गरेका गतिविधिलाई ट्रयाक गर्नबाट रोक्न सक्नुहुन्छ ।

त्यसबाहेक पनि केही अवस्थामा हामीलाई आफूलाई रुचि नभएको कुरा पनि युट्यबमा हेर्नुपर्ने हुन्छ । उक्त भिडिओ सकिएपछि हामीलाई त्यस्तै भिडिओको सिफारिस आउँछ । त्यसैले यस्ता कुराबाट जोगिन तपाईंले युट्युबमा इन्कग्निटो मोड प्रयोग गर्न सक्नुहुन्छ ।

इन्कग्निटो मोड प्रयोग गरी युट्युबमा भिडिओ हेर्न तलका प्रक्रिया अपनाउनुहोस्:

– सबैभन्दा पहिले युट्युब एप खोल्नुहोस् ।

– त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा थिच्नुहोस् ।

– अनि ‘टर्न अन इन्कग्निटो’ अप्सनमा थिच्नुहोस् । यति गर्नुभयो भने तपाईंको डिभाइसमा युट्युब इनकग्निटो मोड खुल्छ ।

– उक्त मोड अफ गर्नका लागि पुनः युट्युबको माथि दायाँपट्टि रहेको आइकनमा थिच्नुहोस् ।

‍- अनि ‘टर्न अफ इन्कग्निटो’को अप्सनमा ट्याप गर्नुहोस् ।

भिडिओ छिटो अगाडि वा पछाडि सार्न 

युट्युबमा भिडिओ छिटो अगाडि बा पछाडि सार्न डबल ट्याप फिचर रहेको छ । तर, एकैचोटी भिडिओ आफूले चाहेको टाइमसम्म सार्न तपाईंले युट्युबको अर्को फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

युट्युबले हालै ल्याएको उक्त फिचर प्रयोग गर्न भिडिओ चलिरहेको वा पज भएको बेला केहीबेर ट्याप गरिरहनु होस् । त्यसपछि आफूलाई उपयुक्त लाग्ने ठाउँतिर सार्नुहोस् ।

भिडिओको ट्रान्सक्रिप्ट हेर्न

युट्युबमा केही क्रियटरले भिडिओको ट्रान्क्रिप्ट आफैं राखेका हुन्छन् भने केही भिडिओमा  युट्युबले स्वतः राखिदिएको हुन्छ । ट्रान्सक्रिप्ट भन्नाले कुन समयमा भिडिओमा कुन विषयमा चर्चा गरिएको छ भन्ने बुझाउँछ ।

क्रियटरले राखेको भिडिओमा खासै समस्या हुँदैन । तर, युट्युबले आफै ट्रान्सक्रिप्ट राखिदिएको छ भने त्यो शतप्रतिशत ठीक नहुन सक्छ । त्यसैले सबै भिडिओमा ट्रान्सक्रिप्टमा उपलब्ध छैन । ट्रान्सक्रिप्ट फिचर प्रयोग गर्न तलका प्रक्रिया अपनाउनुहोस्:

– सबैभन्दा पहिले ट्रान्सक्रिप्ट भएको भिडिओको टाइटलमा ट्याप गर्नुहोस् ।

– त्यसपछि डिस्क्रिप्सनको बक्समा भएको ….मोर (……more) अप्सनमा थिच्नुहोस् ।

– यति गरेपछि त्यहाँ समय र त्यस समयमा कुन कन्टेन्ट छ भनेर लेखिएको अप्सनहरू देखिन्छ ।

– आफूलाई कुन समयको कन्टेन्ट हेर्न मन छ, त्यही टाइममा ट्याप गर्नुहोस् । यसरी ट्रान्सक्रिप्ट हेर्न सक्नुहुन्छ । – टेकपाना बाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार