असार २२, २०८२ आइतबार July 6, 2025

रंगभेद बिरुद्धको आन्दोलनमा थ्री स्टारले ऐक्यबद्धता जनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ए डिभिजन फुटबल क्लब थ्री स्टारले विश्वभर चर्किएको रंगभेद बिरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । थ्री स्टारले सामाजिक सञ्जालमार्फत रंगभेदलाई रातो कार्ड लेख्दै विभेदबिरुद्धको विश्वब्यापी आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।

अमेरिकी नागरिक जर्ज फ्लोयडको प्रहरी दमनका कारण हत्या भएपछि विश्वब्यापी रुपमा रंगभेदबिरुद्धको अन्दोलन चर्किएको छ । युरोपका स्टार फुटबलर देखि विभिन्न क्लबहरुले आन्दोलनमा समर्थन गर्दै वर्ण र जातका आधारमा हुने विभेदको विरोध गरेका छन् ।

घरेलु फुटबलमा समेत अफ्रिकन देशका खेलाडीहरु पाहुना रुपमा खेल्न आउदा बेला बखत रंगभेदको बिषय उठ्ने गरेको छ । वर्णकै आधारमा उनीहरुले खेलाडी र दर्शकबाट विभेद खेप्नुपरिरहेको घटनाहरु सार्वजनिक भईरहन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया