असार २४, २०८२ मंगलबार July 8, 2025

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको ३२३५ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालमा शनिबार ३२३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३२३ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार जानकारी दिए ।

नयाँ संक्रमित मध्ये २८६ जना पुरुष र ३७ महिला रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२३५ पुगेको छ । उनीहरु मध्ये ३००३ जना पुरुष र २३२ जना महिला रहेका छन् ।

हालसम्म अस्पताल भर्ना भएका मध्ये ३६५ जना डिस्चार्ज भएका छन् । २९९ जना पुरुष ६६ जना महिला कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका हुन् ।

पछिल्लो चौबिस घण्टामा ३२ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये २७ जना पुरुष र पाँच जना महिला रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार