वैशाख १८, २०८१ मंगलबार April 30, 2024

पैसा लिएर घर नबनाउनेलाई कारबाही गरिदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बनेपा,के तपाईले भुकम्प पिडीतको रुपमा सरकारसँग राहतका लागि भन्दै पहिलो किस्ता लिनु भएको छ ।

यदि पहिलो किस्ता लिएर घर बनाउनु भएको छैन भने तपाई नक्कली भुकम्पपिडीतको सुचिमा पर्नु हुनेछ । नक्कली भुकम्प पिडीतको सुचिमा पर्नुभयो भने तपाईले आफुले लिएको पैसा अबको एक महिनामा सरकारलाई नै फिर्ता गर्नुपर्ने छ ।

एक महिनामा फिर्ता नगरे कारबाही भोग्न समेत तयार हुनुपर्ने छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुखकार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर घर नबनाउने र नक्कली भूकम्पपीडित भएर पैसा लिएर बस्नेका लागि छिट्टै कारवाही थालनी गर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित वडा कार्यालयमा आयोजितअन्तरक्रिया कार्यक्रममा प्रमुख ज्ञवालीले पैसा लिएर काम नगर्ने र एकै परिवारमा तथा एकठाउँमा पक्की घर भई अर्को ठाउँको घर भत्केकाको पैसा लिएर बसेकालाई एउटा विधिबनाएर कारवाहीको थालनी गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

वास्तविक भुकम्प पिडितका लागि सरकारले छिटो भन्दा छिटो सेवा दिन चाहिरहेको भन्दै त्यसका लागि आफुप्रतिवद्ध भएर काम गरिरहेको बताउनुभयो । कार्यक्रममा स्थानीयहरुले स्थानीय स्तरबाटभैरहेको ढिलाईका कारण घर निर्माणमा समस्या भएको गुनासो राखेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया