असार २४, २०८२ मंगलबार July 8, 2025

मनसुन सक्रिय, देशका अधिकांश क्षेत्रमा वर्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । देशका अधिकांश क्षेत्रमा मनसुनी गतिविधि सक्रिय हुँदा सोमबार रातिदेखि नै वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो वर्ष मनसुन भित्रिँदा नै सक्रिय अवस्थामा रहेकाले गुल्मीदेखि पूर्वका भागमा मनसुनी वर्षा भएको मौसमविद शान्ति कँडेलले बताएकी छन् ।

पूर्वबाट भित्रिएको मनसुन हाल मध्य हुँदै गण्डकी र प्रदेश नम्बर पाँचका केही क्षेत्रसम्म पुगको उनले जानकारी दिएकी छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने मनसुन पुग्ने क्रममा रहेको छ ।

यो वर्षको मनसुनमा औषत पानी पर्ने पूर्वानुमान गरिएकाले किसानलाई सहज हुने देखिएको मौसमविदल कँडेलले बताएकी छन् । तर यो वर्ष वर्षाका कारण हुने सक्ने जोखिम पनि तुलनात्मक रुपमा बढी हुन सक्ने भएकाले सचेत हुनु पर्ने उनले उल्लेख गरेकी छन् ।

अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । अहिले नै बर्खे झरी सुरु नभएको भए पनि मनसुनी वर्षा भने सक्रिय रुपमा देखिएको मौसमविदको भनाई छ ।

प्रदेश नम्बर ५ का थोरै भू–भाग, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर २ र प्रदेश नम्बर १ का धेरै भू–भागमा वर्षा भइरहेको हो ।

हाल नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको मौसमविदले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको मौसमविदले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार