असार २०, २०८२ शुक्रबार July 4, 2025

महिलाका लागि छुट्टै क्वारेनटिनको व्यवस्था गर्न सांसदहरूको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले महिलाका लागि छुट्टै क्वारेनटिनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

सांसदहरुले कैलालीमा क्वारेनटिनमा रहेकी महिलामाथि सामूहिक बलात्कार भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै क्वारेनटिनमा बस्ने महिलाको सङ्ख्या कम भएकाले उनीहरूका लागि छुट्टै क्वारेनटिनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

सांसदहरू दिलकुमारी रावल थापा पार्वती, प्रकाश पन्त र महेशकुमार महराले देशभरिको क्वारेनटिनको अवस्था नाजुक रहेका भन्दै त्यसको सुधार गर्न र कैलालीमा क्वारेनटिन भएको बलात्कारको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन ।

सांसद मायाप्रसाद शर्माले वैदेशिक रोजगारीमा गएका जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका वीरबहादुर कामीको यही जेठ १५ गते मलेसियामा मृत्यु भएको भन्दै शव घरमा ल्याइदिन सरकारको ध्यानाकर्षण गराएका छन ।

बैठकमा समय माग गरी सांसद भैरवसुरन्दर श्रेष्ठले रुकुममा घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम रिपोर्ट चित्त बुझ्दो नभएको भन्दै जाजरकोटको जिल्ला स्वास्थ्य कार्यालय अगाडी भएको स्थानीयको प्रदर्शनमा प्रहरीले दमन गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार