वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

राहत शिक्षकले गरे राजधानीमा शक्ति प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मुलुकभरका राहत शिक्षकहरुले पेशागत सुरक्षाको माग गर्दै आज राजधानीमा सरकारलाई दवाव दिनका लागि भन्दै शक्ति प्रदर्शन गरेका छन् ।

शिक्षकहरुले आफुहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पु¥याएर स्थायी गर्न माग गर्दै शक्ति प्रदर्शन गरेका हुन । नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा भएको आजको कार्यक्रममा राजधानी बाहिरबाट पनि सयौं शिक्षकहरु आन्दोलनमा सहभागि हुन आएका थिए ।

उनीहरुले आफूहरूलाई अस्थायी सेवामा लग्नुपर्ने माग विगतदेखि नै सरकारसँग राख्दै आएको तर सरकारले आफुहरुको माग सुनुवाई नगरेकाले आन्दोलनमा जान बाध्य भएको जनाएका छन् ।

सशस्त्र द्वन्दका समयमा सरकारले दरबन्दीका शिक्षक अपुग भएको जनाउँदै विद्यालयमा राहत शिक्षकको व्यवस्था गरेको थियो । देशभरका सामुदायिक विद्यालयमा ४० देखि ४२ हजार राहत शिक्षक कार्यरत रहेको समितिको दाबी छ ।

विभिन्न संस्था र विद्यालयको निजी स्रोतबाट राहत शिक्षकले तलब सुविधा पाइरहेका छन् । शिक्षक आन्दोलनका कारण विद्यायहरुको पढाइृ समेत प्रभावित भएको छ ।

शिक्षहरुले माग सुनुवाई नभए अझ कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । माईतीघर मण्डलाबाट ¥यालीसहित नयाँ बानेश्वर स्थित संसद भवन अगाडि पुगेर सभामा परिणत भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार