असोज ६, २०८३ मंगलबार September 22, 2026

गल्ती गर्ने प्रहरीलाई कारवाही हुन्छ ः महानिरीक्षक खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल प्रहरीका प्रमुख तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी संगठन बदनाम हुन पुगेको भन्दै त्यस्ता प्रहर िअधिकारीलाई कारबाहीगरिने बताउनुभएको छ ।

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आज यहाँ आयोजित समापन कार्यक्रममा उहाँले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाले संगठनभित्र गल्ती गर्नेलाई कारवाही नगरेसम्म प्रहरी संगठन राम्रो नहुने भन्दै अब आफुले त्यस्ता प्रहरीलाई कारबाही गरेर देखाउनु प्रतिवद्धता व्यक्त गर्नुभयो ।

महानिरीक्षक खनालले नेपाल प्रहरीको मान, सम्मान, इज्जत प्रतिष्ठालाई अगाडि बढाउनका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक धीरुबस्न्यातले नेपाल प्रहरीले खेललाई प्राथमिकता दिएको बताउनुभयो ।

असोज १७ देखि सञ्चालन भएको खेल आज सकिएको हो । कूल १० टोली रहेको उक्त खेलमा ५ नं प्रदेश प्रहरी कार्यालय दाङले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३–२ को सेटले हराएको थियो ।

प्रतियोगिताको प्रथम टिमलाई रु ५० हजार, प्रमाणपत्र र मेडल, दोस्रो टिमलाई रु३५ हजार, प्रमाणपत्र र मेडल तथा सर्वोत्कृष्ट खेलाडीलाई दश हजार नगद प्रदान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार
बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न कांग्रेस संसदीय दलको आग्रह
२०८३ असोज ६, मंगलबार
अर्थमन्त्री डा. वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
२०८३ असोज ६, मंगलबार
नेपाल टेलिकमद्वारा भदौमा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
२०८३ असोज ६, मंगलबार
एसियाड महिला कबड्डी : थाइल्यान्डलाई पराजित गर्दै नेपालको सुखद सुरुआत
२०८३ असोज ६, मंगलबार