श्रावण १०, २०८३ आइतबार July 26, 2026

कोरोनाको कथामा फिल्म बनाउँदै सुदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रेमकथामा फिल्म बनाउँदै आएका निर्देशक सुदर्शन थापा यतिबेला नयाँ फिल्मको तयारीमा छन् । यो लकडाउनको समय पुरै फिल्म लेखनमा सदुपयोग गरेर उनी नयाँ फिल्म निर्माणमा लाग्न लागेका हुन् ।

लेखन कार्य अन्तिम चरणमा रहेको फिल्मले कोरोनाको बिषय उठाउने बताइएको छ । फिल्मले कोरोनाको कहरमा संघर्षरत प्रेमकथा समेत देखाउनेछ । कोरोनाको कहर सामान्य हुने बितिकै फिल्मको छायाँकन सुरु गर्ने निर्देशक सुदर्शनले जानकारी दिए । केही समयपछि कलाकार छनोट हुनेछन् ।

हुन त सुदर्शनका दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आउन बाँकी छन् । कोरोना कहरका कारण बन्द भएका फिल्म हलमा कहिलेदेखि फिल्म लाग्ने अझै टुङ्गो छैन । तर, सुदर्शन भने एकपछि अर्काे फिल्म थुपार्न ब्यस्त छन् ।

अहिले बन्न लागेको फिल्म सुदर्शनले अभिनेत्री पूजा शर्मासँग मिलेर नै बनाउन लागेका हुन् । केही चलचित्रमा निर्माण सहकार्य गरिसकेका सुदर्शन पूजाको यो फिल्ममा नयाँ तथा पुराना कलाकारको अभिनय रहने बताइएको छ । रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार