कार्तिक ११, २०८३ बुधबार October 28, 2026

कोरोनाको कथामा फिल्म बनाउँदै सुदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रेमकथामा फिल्म बनाउँदै आएका निर्देशक सुदर्शन थापा यतिबेला नयाँ फिल्मको तयारीमा छन् । यो लकडाउनको समय पुरै फिल्म लेखनमा सदुपयोग गरेर उनी नयाँ फिल्म निर्माणमा लाग्न लागेका हुन् ।

लेखन कार्य अन्तिम चरणमा रहेको फिल्मले कोरोनाको बिषय उठाउने बताइएको छ । फिल्मले कोरोनाको कहरमा संघर्षरत प्रेमकथा समेत देखाउनेछ । कोरोनाको कहर सामान्य हुने बितिकै फिल्मको छायाँकन सुरु गर्ने निर्देशक सुदर्शनले जानकारी दिए । केही समयपछि कलाकार छनोट हुनेछन् ।

हुन त सुदर्शनका दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आउन बाँकी छन् । कोरोना कहरका कारण बन्द भएका फिल्म हलमा कहिलेदेखि फिल्म लाग्ने अझै टुङ्गो छैन । तर, सुदर्शन भने एकपछि अर्काे फिल्म थुपार्न ब्यस्त छन् ।

अहिले बन्न लागेको फिल्म सुदर्शनले अभिनेत्री पूजा शर्मासँग मिलेर नै बनाउन लागेका हुन् । केही चलचित्रमा निर्माण सहकार्य गरिसकेका सुदर्शन पूजाको यो फिल्ममा नयाँ तथा पुराना कलाकारको अभिनय रहने बताइएको छ । रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार