असार २०, २०८२ शुक्रबार July 4, 2025

पीडितको बयान प्रमुख आधारः सर्वोच्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पीडितको भनाइलाई सर्वमान्य प्रमाणले खण्डन नगरेसम्म बलात्कार मुद्दामा वारदातको प्रमाण र स्वयं पीडितको बयानलाई प्रमुख आधार मान्नुपर्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ ।

जबर्जस्ती करणीसम्बन्धी एक मुद्दामा सर्वोच्चले यस्तो व्याख्या गरेको हो । बैतडीमा भएको बलात्कारसम्बन्धी मुद्दामा अदालतले प्रतिवादी सागर भट्ट र अमरराज अवस्थीलाई जनही ११ वर्ष ६ महिना कैद हुने गरी सजाय निर्धारण पनि गरेको छ । अदालतले व्याख्यामा भनेको छ, जबर्जस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेकै स्वयं पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षणलाई मान्नुपर्छ ।

बलात्कार जस्तो लुकाएर छिपाएर एक्लै पारेर गरिने अपराधमा, सामान्यतया देख्ने व्यक्ति पीडित बाहेक अरू तेस्रो पक्ष उपस्थित रहँदैनन् । जबर्जस्ती करणीको कार्य लुकीछिपी गरिने आपराधिक कार्य भएकाले त्यसमा प्रत्यक्षदर्शी साक्षी हुन सक्दैन । यस्तो अपराधमा पीडित महिलाको भनाइलाई अन्यथा नभएसम्म सर्वमान्य प्रमाणका रूपमा लिनुपर्दछ । अन्य वस्तुगत प्रमाणले पीडितको भनाइलाई गलत साबित नगराएसम्म त्यसलाई स्वीकार गर्नुपर्छ ।

अदालतले करणी गरेको तथ्य शङ्कारहित तवरबाट पुष्टि नहुँदा आरोपितलाई कसुरबाट सफाइ दिनु फौजदारी न्यायको शङ्काको सुविधाको गलत व्याख्या हुने पनि फैसलामा उल्लेख गरेको छ । राहत कोष स्थापना गर्नू सर्वोच्चले उक्त फैसलामा मुलुकी फौजदारी संहिता, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनले व्यवस्था गरेको पीडित राहत कोषको स्थापना गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन पनि दिएको थियो । कानुन कार्यान्वयनमा आएको लामो समयसम्म पीडित राहत कोष नभएको भन्दै सर्वोच्चले तत्काल कोष स्थापना गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । (गोरखापत्रबाट)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार