असार २०, २०८२ शुक्रबार July 4, 2025

काँग्रेसद्धारा संघीय संसद्मा ध्यानार्कषण प्रस्ताव दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमण अवधिको लकडाउनमा बस्दा बालबालिका र महिला अझ बढी असुरक्षित बन्दै गएकामा सरकारको ध्यानाकर्षण गराउन संघीय संसद्मा ध्यानार्कषण प्रस्ताव दर्ता गरेको छ।

लकडाउनको अवधिमा पनि महिला तथा बालबालिकामाथि हिंसाका घटना बढिरहेको उल्लेख गर्दै कांग्रेस सांसद डा. डिला संग्रौला पन्त, प्रमिला राई र हिरा गुरुङले आज गृहमन्त्रीको ध्यानाकर्षण गराउन सो प्रस्ताव दर्ता गरेकी हुन्।

संविधानको मर्म र भावनाअनुरुप क्वारेन्टिनको मापदण्डमै महिलाका लागि विशेष सुरक्षा प्रदान गर्नुपर्ने, महिला तथा बालबालिका माथि हुने बलात्कारका घटना रोक्नका लागि सरकारले टोलटोलमा निगरानी समूह गठन गर्न स्थानीय सरकारलाई निर्देशन दिनुपर्ने, महिलाको न्यायमा सुनिश्चित गर्नका लािग बलात्कारका घटनाको उजुरी गर्नका लागि टोलटोलमा हटलाइन सेवाको व्यवस्थापन गर्नुपर्ने प्रस्तावमा उल्लेख छ।

यसैगरी विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप क्वारेन्टिनको व्यवस्थापन महिलामैत्री, बालबालिकामैत्री, अपाङ्गतामैत्री हुनुपर्ने, पीडितको र निजको आश्रित परिवारको सुरक्षा र राहत कोषको तत्काल व्यवस्था गर्नुपर्ने, लकडाउनमा महिलामाथि भएका घटनाको एकीकृत तथ्यांकको अभिलेख राख्न र अनुसन्धान प्रक्रियालाई छिटोछरितो र सहज तरिकाले अगाडि बढाउन प्रहरी, महान्याधिवक्ताको कार्यालयलाई निर्देशन दिनुपर्ने विषयमा ध्यानाकर्षण गराइएको छ।

बलात्कारको घटनामा पीडित भएका व्यक्तिलाई लकडाउनका समयमा शारीरिक जाँचका लागि अस्पताल आउने वातावरण तयार गर्ने र कोरोना संक्रमितको उपचार भएको अस्पतालभन्दा अन्य अस्पतालमा उपचारको व्यवस्था गर्नुपर्ने, अपराधीलाई सजाय दिलाई पीडितको क्षतिपूर्तिको सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

स्थानीय तहसँग समन्वय गरी स्थानीय तहमै पीडितका लागि मनोपरापमर्श सेवा, निःशुुल्क कानूनी सेवा र प्रमाणको सुरक्षा, साक्षीको संरक्षणका लागि प्रहरी निकाय र स्थानीय तहलाई समन्वय गर्न निर्देशन गर्नुपर्ने र न्याय सम्पादन द्रुतगतिका माध्यमबाट मुद्दाको प्रक्रियालाई सहज बनाउने सम्बन्धमा पनि ध्यानाकर्षण गराइएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार