असार २९, २०८२ आइतबार July 13, 2025

कोरोनाले काँग्रेसको १४औं महाधिवेशन अन्योलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः अंगीकृत नागरिकताबारे पार्टीको धारणा तय गर्न आइतबार कांग्रेसको पदाधिकारी बैठक बस्यो। बैठक सकिने बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको विषय उठाए। ‘पार्टीको महाधिवेशबारे के गर्ने ? , कार्यतालिका संशोधन गर्नुपर्‍यो। महाधिवेशनको काम अगाडि बढाउनुपर्‍यो’, नेता पौडेलले सभापति शेरबहादुर देउवालाई भने, ‘बैठक बोलाएर महाधिवेशनको तयारी अगाडि बढाउनुपर्‍यो।’ उनले त्यसअघि बुधबारको बैठकमा पनि महाधिवेशको कुरा उठाएका थिए।

कोरोना भाइरस फैलिन नदिन सरकारले चैत ११ मा लकडाउन सुरु गरेपछि कांग्रेसभित्र महाधिवेशनको विषय ओझेल पर्दै आएको छ। अघिल्लो वर्ष पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। तर, यही अवधिमा कोरोनाको असर देखिएपछि चैत ९ गतेदेखि महाधिवेशनका सबै गतिविधि रोक्दै कांग्रेसले कोरोनाबारे सचेतना कार्यक्रम गर्न नेता-कार्यकर्तालाई निर्देशन दिएको थियो।

कोरोनाको असर लामो समय देखिन सक्ने र लकडाउन पनि लम्बिने देखिएपछि नेता पौडेल आन्तरिक कार्यतालिका संशोधन गरेर तत्काल महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा देखिएका छन्। उनले पछिल्लो समय महाधिवेशनको विषयलाई पार्टीका नेताहरू र अन्य फोरममा पनि उठाउन सुरु गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकले खवर प्रकाशित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार