असार २२, २०८२ आइतबार July 6, 2025

कांग्रेसले धम्कीपूर्ण भाषा प्रयोग गरेकोमा आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अंगीकृत नागरिकतासम्बन्धी नयाँ व्यवस्थाले राजनीतिक दुर्घटना हुने प्रमुख विपक्षी नेपाली कांग्रेसको चेतावनीको प्रतिवाद गरेको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा नेकपा सांसद वेदुराम भुसालले धम्कीपूर्ण भाषा प्रयोग भएको भन्दै आपत्ति जनाएका छन ।

आइतबारको बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्ष नेपालमा स्थायी बसोबास गरेपछि अंगीकृत नागरिकता दिने प्रस्तावको विरोध गरेका थिए । नेकपाले नेपाललाई चीनको झोलीमा लैजान खोजेको र यसले राजनीतिक दुर्घटना हुने उनको चेतावनी थियो ।
तर नेकपा सांसद भुसालले कांग्रेस सांसद देवको नाम नलिए उनको दाबीको खण्डन गरेका छन् । राजनीतिक अधिकार बाहेक स्थायी आवासीय अनुमति पत्र दिने भनिएको भन्दै उनले भने, ‘राजनीतिक अधिकार प्राप्त गरेपछि मात्र सांस्कृतिक सम्बन्ध राम्रो हुन्छ भनिएको हो । होइन भने अरु अधिकार दिइएको छ ।’

उनले नेपाललाई चीनको झोलीमा लैजान खोजेको भन्ने अभिव्यक्तिको आलोचना गरेका छन् ।

चीनसँगको हरेक बहसलाई नकारात्मक हेर्ने गरिएको भन्दै उनले भने, ‘कोदारी राजमार्ग बन्दै गर्दा पनि यही कुरा उठाइएको थियो । नेपालमा नाकाबन्दी गर्दा पनि त्यही कुरा उठाइएको हो । आज पनि नेपाललाई त्यतैतिर लैजान खोजिएको हो ।’

उनले अघि भने, ‘के नेपालसँगै भारतको चंगुलमा बस्नुपर्छ, त्यसो होइन भने नेपालले स्वतन्त्र ढंगले निर्णय गर्दा भारतबाट टाढा भएको किन भनिन्छ ? किन चीनतिर ढल्कियो भनिन्छ ?’

यो कानुन बनाउँदा मुठभेड गर्नुपर्ने कुनै कारण नभएको नेकपा सांसद भुसालले बताएका छन । उनले भने, ‘के भारतसँग जोडिएन ? भारतको छोटे भाइ भएन भनेर मुठभेड गराउन खोज्दै हुनुहुन्छ ? त्यसमा पनि नेपाली हुँ भन्नेहरु नै मुठभेड गराउँछौं, आगो लगाउँछौं भन्नुको कारण मैले बुझेको छैन ।’

भारतमा पनि भारतीय नागरिकसँग बिहे गरेकोे ७ वर्षपछि मात्र नागरिकताका लागि आवेदन दिने व्यवस्था रहेको र अरु देशमा पनि त्यस्तै व्यवस्था रहेको भन्दै नेकपा सांसद भुसालले यसको विरोध गर्नुको कुनै तुक नभएको बताएका छन । कांग्रेसले राजनीतिक अभिष्टका लागि मात्र नयाँ व्यवस्थाको विरोध गरेको उनको दाबी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार