असार २९, २०८२ आइतबार July 13, 2025

पतञ्‍जलिले बनाएको ‘कोरोनाविरुद्धको’ औषधिको बिक्रीवितरणमा रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतीय आयुर्वेद कम्पनी पतञ्जलिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको औषधि सार्वजनिक गरेको केही घण्टा नबित्दै भारत सरकारले त्यसको प्रचारप्रसारमा रोक लगाएको छ ।

भारतको आयुष मन्त्रालयले पतञ्जलिले तयार पारेको औषधि वैज्ञानिक रूपमा प्रमाणित नभएको हुँदा यसले सर्वसाधारणमा भ्रम र जोखिम दुवै निम्तिन सक्ने भएकाले त्यसको प्रचारप्रसारमा रोक लगाउने निर्णय गरेको हो ।

भारतीय कम्पनी पतञ्जलिले मंगलबार कोरोना भाइरस बिरामीको उपचारका लागि ‘दिव्य कोरोनिल किट’ नामक औषधि सार्वजनिक गरेको थियो । योगगुरु रामदेव र कम्पनीका अध्यक्ष आचार्य बालकृष्णले हरिद्वारस्थित पतञ्जलि योगपीठमा मंगलबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसविरुद्धको औषधि ‘कोरोनिल ट्याबलेट’ र ‘स्वासरी वाटी’ र ‘अणु तेल’ सार्वजनिक गरेका थिए । कार्यक्रममा रामदेवले क्लोरिन आयुर्वेदिक उत्पादन भएको र यसले कोरोना भाइरसका बिरामीलाई पूर्ण रूपमा निको पार्ने दाबी गरेका थिए ।

यसैगरी पतञ्जलिले यो औषधिलाई संक्रमितको उपचार गर्नमात्र नभएर संक्रमण हुनबाट रोक्न पनि प्रभावकारी दाबी गरेको थियो । पतञ्जलीका अध्यक्ष आचार्यले अश्वगन्धा, अणु तेललगायतका जडीबुटीबाट दुई वटा औषधि बनाइएको जानकारी दिएका थिए ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको औषधि पत्ता लाग्न बाँकी रहेको बताइरहेका बेला पतञ्जलिका तर्फबाट पछिल्लो दाबी आएको हो । पतञ्जलिको दाबीलाई लिएर एक किसिमको अन्योल सिर्जना भएपछि भारत सरकारले तत्कालका लागि उक्त औषधिको बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो । मन्त्रालयले वैज्ञानिक परीक्षणको प्रतिवेदन नआउँदासम्म प्रचारप्रसारका कुनै पनि काम नगर्न पनि पतञ्जलीलाई निर्देशन दिएको छ ।

मन्त्रालयले औषधिको परीक्षणका लागि पतञ्जलिले पूर्वजानकारी नगराएको समेत जनाएको छ । ‘वैज्ञानिक परीक्षणसम्बन्धी तथ्य र विवरणबारे मन्त्रालयलाई जानकारी गराइएको छैन,’ मन्त्रालयले भनेको छ । साथै मन्त्रालयले औषधि बनाउन प्रयोग गरिएका पदार्थहरूको विवरण, अस्पतालमा गरिएको क्लिनिकल ट्रायलको नमुनाको संख्या, नतिजा र त्यसका लागि पूर्वस्वीकृति लिएको वा नलिएको समेतको जानकारी चाँडोभन्दा चाँडो दिन पनि भनेको छ ।

तर, कम्पनीका अध्यक्ष आचार्यले औषधिको क्लिनिकल ट्रायल गरिएको र त्यसबाट शतप्रतिशत काम गरेको समेत दाबी गरेका छन् । पतञ्जलिले यो औषधि खाने बिरामी ५ दिनदेखि १४ दिनभित्र सञ्चो हुनेसमेत दाबी गरेको छ ।

औषधि सार्वजनिक गर्ने कार्यक्रममै आचार्यले क्लिनल ट्रायललगायतका कामका लागि जयपुरस्थित नेसनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (निम्स) विश्वविद्यालयसँगको सहकार्य गरिएको समेत दाबी गरेका थिए । आयुष मन्त्रालयले हरिद्वारस्थित पतञ्जलि आयुर्वेदमा उत्पादन हुने सबै आयुर्वेदिक औषधिहरूको लाइसेन्स र त्यसको स्वीकृतिको विवरणसमेत माग गरेको छ । यो खबर कान्तिपुरमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार